माओवादी केन्द्र खांडाचक्र नगर अध्यक्षमा अधिकारी र सचिबमा आचार्य सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)खांडाचक्र नगरपालिकाको प्रथम सम्मेलनबाट धनलाल अधिकारी अध्यक्षतामा नगरकमिटी सर्बसम्मत भएको छ ।

दुई दिन सम्म चलेको नगर सम्मेलनले उपाध्यक्षहरुमा बिरेन्द्र चौलागाईं,दिपराज कार्कि,देबसिंह बिक,सुर्य बहादुर शाहीलाइ सर्बसम्मत गरेको निर्वाचन समितिले जनाएको छ ।त्यसै गरी सचिब प्रबानन्द आचार्य,सहसचिव दिल बहादुर शाही,मेर्मसरा शाही, कोषाध्यक्ष संगिता चौलागाईं सहित ५५ सदस्य नगरकमिटी सर्बसम्मत भएको बताइएको छ । नेकपा(माओवादी केन्द्र)कालीकोटका संयोजक धनजित शाही,प्रदेश कमिटी सदस्य लक्ष्मी चौलागाईं, गंगा बोगटी, यसोदा न्यौपाने (चौलागाईं) र वाइसीएल नेपालका कर्नाली प्रदेश इन्चार्ज तथा विशेष प्रदेश समिति सदस्य गोगन मल्ल लगाएतका नेताहरुले खाडाचक्र नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई बधाइ मन्तब्य दिनु भएको बताइएको छ ।

निर्वाचित समितिलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गरिएको निर्वाचन समितिका संयोजक मणिराम पाण्डेले बताउनु भएको छ । खाडाचक्र नगरसम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि छ्नोट समेत गरेको छ ।

नेकपा( माओवादी केन्द्र)कालीकोटका अनुसार जिल्लाका पलाता,पचालझरना, शुभकालीका, नरहरिनाथ गाउँ पालिका र तिलागुफा नगरपालिकामा नेतृत्व सर्बसम्मत भएको छ भने महाबै,सान्नित्रीबेणि गाउँ पालिका र रास्कोट नगरपालिकाको नेतृत्वका बिषयमा छलफल जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित