Skip

News Portal

  • माओवादी केन्द्र कोहलपुर अध्यक्ष अबराज खड्का को हुन? कस्तो छ राजनैतिक यात्रा

    अबराज खड्का१३ मंसिर
    १२११ पटक
    १३ मंसिर

    कालीकोट ।नेपालि जनयुद्धको शुरुवात हुनु पूर्व नेपालि कांग्रेसमा आवद्ध अबराज खड्का २०३६ साल चैत्र २६ गते बुवा जाड खड्का र आमा विजा खड्काको कोखबाट दोस्रो सुपुत्रको रुपमा कालीकोट जिल्ला पचालझरना गाउँ पालिका १(साविकको बदालकोट गाविस) सिकुमा जन्मिनु भएको हो ।हाल कोहलपुर नगरपालिकाको नेकपा(माओवादी केन्द्र)को दोस्रो नगर सम्मेलन मार्फत अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ । अध्यक्ष खड्का संग कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडीले गरेको कुराकानिको आधारमा वहाँको बाल्यकाल देखि कोहलपुर नगर कमिटीको अध्यक्ष हुंदा सम्मको राजनैतिक कुराकानिका आधारमा तयार पारिएको पृष्ठभुमि निम्नानुसार रहेको छ ।
    वाल्यकाल :
    वालक अवस्थामा निकै उटपट्यांग काम गर्नमा माहिर अबराज खड्कोको वास्तविक नाम(दुर्ग) हो बुवाआमाले बोलाउने उक्त नामले परिचित हुनुहुन्थ्यो । गाउँको हालको सरस्वति माध्यमिक विद्यालयमा प्राथमिक शिक्षा हांसिल गरेर बडिमालिका माध्यमिक विद्यालयमा अध्ययन गर्न रास्कोटमा शिक्षा हांसिल गर्दै गर्दा विद्यालयमा विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रममा सहभागि भएर अघि बढ्ने काम गर्नु हुन्थ्यो ।


    साविकको बदालकोट गाविसमा माओवादी के हो भन्ने थाहा नभएको अवस्थामा भुमिगत रुपमा काम शुरु गरेका खड्काले बदालकोटमा माओवादीको शुरुवात गर्नु भएको थियो ।गाउँका प्रधानपञ्चलाई समेत पैशा पाएको बहानामा दिनभरी गाउँ भरी घुमाउन सफल रहेका खड्का माओवादीको विभिन्न संघसंगठनमा रहेर काम गर्नु भएको थियो ।


    २०५५ सालमा पशुचिकित्सकको रुपमा ४५ दिन जुम्लामा तालिम सकाएर घर आएपछि जनयुद्धको प्रभावमा उनि संग अबराज संग मिल्ने साथि गमराज खड्का(हाल निधन भइसकेको)को निकै सहकार्य हुने गथ्र्याै । छुट्टै भाषा बोल्ने र अरुलाई थाहा नहुने गरी बोल्ने काम हुन्थ्यो । साविकको बदालकोट गाविसमा माओवादी के हो भन्ने थाहा नभएको अवस्थामा भुमिगत रुपमा काम शुरु गरेका खड्काले बदालकोटमा माओवादीको शुरुवात गर्नु भएको थियो ।गाउँका प्रधानपञ्चलाई समेत पैशा पाएको बहानामा दिनभरी गाउँ भरी घुमाउन सफल रहेका खड्का माओवादीको विभिन्न संघसंगठनमा रहेर काम गर्नु भएको थियो ।
    राजनैतिक यात्रा :
    अबराज खड्का गाउँमा हुंदा बढि बर्चश्व भएकाले नेपालि कांग्रेसमा आबद्ध हुन भएको भएपनि जनयुद्धको प्रभाव शुरु भएपछि नेकपा(माओवादी)को नेतृत्वमा थालनि भएको जनयुद्धको प्रभाव संगै २०५६ सालमा पार्टीले शुरु गरेको कर्नालि जनहातेमालो अभियानबाट पार्टी सम्पर्कमा गएर भुमिगत रुपमा विभिन्न संघ संगठनमा काम गर्दै जनसत्ता,विद्यार्थि संगठनमा काम गर्ने क्रममा २०५८ साल अषाढ १० गते भुमिगत हुनु भएको थियो ।


    नेकपा(माओवादी केन्द्र) कोहलपुरको नगर कमिटिको अध्यक्षको जिम्मेवारी लिनु आफैमा चुनौति भएपनि आफ्नो नेतृत्वको टिमले सबैको सहकार्य समन्वयमा काम गरेर अघि बढ्ने बताउदै आफु अध्यक्षमा निर्वाचित भएपछि केही सपना बोकेको बताउदै आफुले निम्नानुसारका काम गर्ने बताउनु भयो ।
    १.नेकपा(माओवादी केन्द्र) कोहलपुरलाई २०६४ सालमा फर्काउने गरी पार्टी संगठन सुदृढ गर्ने ।
    २.टुटफुट भई बाहिर गएका साथिहरुलाई एकतामा फर्काउने र सबै माओवादी धारलाई केन्द्रिकृत गर्ने ।
    ३.आउदो स्थानिय निर्वाचनमा माओवादी केन्द्रको जित सुनिश्चित गर्ने र नमुना शहरका रुपमा कोहलपुरको विकासमा कायापलट गर्ने


    जनयुद्धमा होमिएपछि सैन्य क्षेत्रमा सहभागि भई विभिन्न मोर्चाहरुमा भिड्नु भएको थियो । सोही क्रममा २०५९ सालमा सैन्य संगठन भित्रको स्वस्थ्य विभागको जिम्मेवारी पाउनु भएका खड्काले लडाईका मोर्चाहरुमा घाईतेहरुको उपचार गर्ने काम नै प्रमुख भएर आउने गरेको खड्काले बताउनु भयो ।सैन्य क्षेत्रमा बटालिएन कमाण्डरको जिम्मेवारी सम्हाल्दै सफल नेतृत्व गरेका खड्काले दुई दर्जन बढि मोर्चाहरुमा प्रत्यक्ष भाग लिएर अघि बढ्नु भएको थियो ।  लिस्ने गाम स्मृति विर्गेडको बासु स्मृति बटालिएनको स्वस्थ्य प्रमुख हुंदै विभिन्न तहमा काम गर्दै शान्तिकालमा चौथो डिभिजनको बसन्त स्मृति विर्गेडको प्रमुख हुंदै २०६३ साल देखि २०६८ साल सम्म धौलागिरी अंचलको बागलुङ जिल्लामा जिल्ला सचिवालयलको जिम्मेवारीका साथै अखिल नेपाल स्वस्थ्यकर्मि संघको केन्द्रिय सचिवालय सदस्यका साथै धौलागिरी संयोजक समेत हुनु भएको थियो ।


    कोहलपुर नगरपालिकामा विद्युतको समस्या झेल्दै आएको नगरवासिले सहज रुपमा विद्युत बाल्नु र विद्युतको शाखा कार्यालय स्थापना गरिएको ।
    २.सडक व्यवस्थापनमा इट्टाका नाला विस्थापन गर्दै आरसिसी नाला निर्माणको काम गरिनुका साथै टोल टोलमा कंक्रिट कालो पत्रेको ठाउँमा मेसिनबाट कालोपत्रे “अस्साल पिच” गरेर सयौं मिटर सडक कालोपत्रे गरिएको ।
    ३.छोटो दुरीको वस पार्कको काम सम्पन्न भइ स्तरिय तथा आधुनिक वस र्पाकको काम गरिएको । लामो दुरीको बस पार्कको कामको शुरुवात भएको ।
    ४.खानेपानि तथा सरसफाईमा व्यवस्थापन गर्दै खानेपानिलाई टोल टोल सम्म धारा जडान गरिएको र पार्कको व्यवस्थापन र मुख्य सडक डवल लेनको बनाइएको ।
    ५.कोहलपुरमा लामो समय द्धन्द्धमा क्षतिग्रस्त नेपाल टेलिभिजन र गोर्खा पत्रको प्रशारण तथा प्रकाशन गरिएको ।


    सेनाबाट स्वच्छिक अवकास लिएर आइसके पछि नेकपा(माओवादी)मा विभाजन आउदा बैद्य माओवादीको २०६९ सालमा बाके जिल्लाको क्षेत्र न. १को अध्यक्षको जिम्मेवारी पछि विभिन्न तहमा काम गर्दै पुन पार्टी एकिकरण पछि विभिन्न तहमा काम गर्नु भएको थियो । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकिकरण पछि नेकपाको बांके जिल्लाको कार्यालय सदस्य तथा क्षेत्र न. एकको संयोजक हुनुहुन्थ्यो । पछिल्लो समयमा पार्टीले अघि सारेको संरचना अनुसार स्थानिय तह,प्रदेश र केन्द्रिय तहलाई अधिकार प्रत्योजन गरेपछि सोही अनुसार कोहलपुर नगरपालिकामा २०७८ मंसिर ११ गते शुरु भएको दोस्रो नगर सम्मेलनबाट कोहलपुर नगरपालिकाको अध्यक्षमा सर्वसम्मत निवार्चित हुन भएको हो ।
    कोहलपुर नगर विकास समितिमा हुंदा के के गरे ?
    बांके जिल्लाको कोहलपुर नगर विकास समिति विभिन्न राजनैतिक दलहरुको भागबण्डाका आधारमा लुछाचुडी बाहेक अरु केही हुंने गरेको थिएन । अथाहा सम्पति भएको भएपनि मागि खाने भांडोका रुपमा प्रयोग हुंदै आएको कोहलपुर नगरविकास समितिको २०७४ साउन देखि २०७६ चैत्र १९ गते सम्म अध्यक्ष भएर थुप्रै काम गर्नु भएको खड्काले सो क्षेत्रको काम देखेर राजनैतिक क्षेत्रमा फड्को मार्ने काम भएको छ ।

    खड्काले अध्यक्षको जिम्मेवारी लिइसके पछि कोहलपुर नगर विकास समितिमा के के काम गरेका छन ।

    जुन निम्नानुसार रहेका छन ।
    १.कोहलपुर नगरपालिकामा विद्युतको समस्या झेल्दै आएको नगरवासिले सहज रुपमा विद्युत बाल्नु र विद्युतको शाखा कार्यालय स्थापना गरिएको ।
    २.सडक व्यवस्थापनमा इट्टाका नाला विस्थापन गर्दै आरसिसी नाला निर्माणको काम गरिनुका साथै टोल टोलमा कंक्रिट कालो पत्रेको ठाउँमा मेसिनबाट कालोपत्रे “अस्साल पिच” गरेर सयौं मिटर सडक कालोपत्रे गरिएको ।
    ३.छोटो दुरीको वस पार्कको काम सम्पन्न भइ स्तरिय तथा आधुनिक वस र्पाकको काम गरिएको । लामो दुरीको बस पार्कको कामको शुरुवात भएको ।
    ४.खानेपानि तथा सरसफाईमा व्यवस्थापन गर्दै खानेपानिलाई टोल टोल सम्म धारा जडान गरिएको र पार्कको व्यवस्थापन र मुख्य सडक डवल लेनको बनाइएको ।
    ५.कोहलपुरमा लामो समय द्धन्द्धमा क्षतिग्रस्त नेपाल टेलिभिजन र गोर्खा पत्रको प्रशारण तथा प्रकाशन गरिएको ।
    ६.नगरविकास समितिमा हुंदा सबै राजनैतिक दलको सहकार्य समन्वय मार्फत अघि बढेको ।
    ७.रोजगारीको सृजना गरी काम गर्नुका साथै कार्यालयको कर्मचारी प्रशासन नियमावलि तथा अन्य व्यवस्थापनमा विशेष जोड दिएको ।
    अबराज खड्काको “मिशन”
    नेकपा(माओवादी केन्द्र) कोहलपुरको नगर कमिटिको अध्यक्षको जिम्मेवारी लिनु आफैमा चुनौति भएपनि आफ्नो नेतृत्वको टिमले सबैको सहकार्य समन्वयमा काम गरेर अघि बढ्ने बताउदै आफु अध्यक्षमा निर्वाचित भएपछि केही सपना बोकेको बताउदै आफुले निम्नानुसारका काम गर्ने बताउनु भयो ।
    १.नेकपा(माओवादी केन्द्र) कोहलपुरलाई २०६४ सालमा फर्काउने गरी पार्टी संगठन सुदृढ गर्ने ।जुन समयमा कोहलपुरका ३ वटा निर्वाचन क्षेत्रमा माओवादीले जित हांसिल गरेको थियो ।
    २.टुटफुट भई बाहिर गएका साथिहरुलाई एकतामा फर्काउने र सबै माओवादी धारलाई केन्द्रिकृत गर्ने ।
    ३.आउदो स्थानिय निर्वाचनमा माओवादी केन्द्रको जित सुनिश्चित गर्ने र नमुना शहरका रुपमा कोहलपुरको विकासमा कायापलट गर्ने ।

     

    प्रतिकृया दिनुहोस्