कोटबाडा ट्रक दुर्घटनामा एकको मृत्यु ३ घाईते

7
SHARES
15
VIEWS

कालीकोट । कोटबाडामा मिनि ट्रक दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । लालिघाट बजारबाट सुनथरालि विमानस्थलमा सामान ढुवानिका लागि जांदै गरेको बा५ ख८६४३को मिनि ट्रक दुर्घटना भएको हो । मृत्यु हुनेमा नरहरिनाथ गाउँ पालिका १ निवासि ५९ वर्षिय जय बहादुर विष्ट रहेको बताइएको छ ।

गाडी साहु नेत्र विष्ट घाईते भएका छन । ट्रकमा रहेका चालक र सहचालक भने सामान्य घाईते रहेको इलाका प्रहरी कार्यालय कुमालगाउँले जनाएको छ ।

कार्यालयका अनुसार नरहरिनाथ गाउँ पालिकाको वडा न. १को निलखालामा दुर्घटना भएको हो । उक्त ट्रक ५० मिटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिएको छ भने घाईते विरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पठाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित