माओवादी केन्द्र कालीकोटका ९ स्थानिय तहमा नेतृत्व सर्वसम्मत,कुन पालिकामा कस्ले मारे बाजि ?

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटका नौ वटै स्थानिय तहमा नेतृत्व सर्वसम्मत भएको छ ।

जस अनुसार रास्कोट नगरपालिका अध्यक्ष धर्मराज शाही(पोषण),खांडाचक्र नगरपालिका अध्यक्ष धनलाल अधिकारीविहानि) र तिलागुफा नगरपालिका अध्यक्ष दिनेश चंदारा सर्वसम्मत भएको बताइएको छ ।

त्यसै गरी नरहरिनाथ गाउँ पालिका अध्यक्ष मनशोभा बुढा(आशा),सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केसी(महेश),पचालझरना गाउँ पालिका अध्यक्ष पौरख विक(प्रमोद)पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया(इन्द्र),महावै गाउँ पालिकामा हर्क बहादुर शाही(यर्थात) र शुभकालिका गाउँ पालिकामा गोविन्द्र आचार्य सर्वसम्मत भएको बताइएको छ ।

जिल्लाभरका ८२ वटा वडामा सर्वसम्मत भएको नेकपा(माओवादी केन्द्र)कालीकोटको गाउँ सम्मेलनमा रास्कोट,सान्नि र खांडाचक्रमा पदाधिकारीका बारेमा विवाद भएपनि अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन । जस अन्तरगत जिल्लाभर एक जना महिला,दुई जना दलितको प्रतिनिधित्व भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित