कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कर्नालि प्रदेशको दोस्रो सम्मेलन सुर्खेतमा हुने भएको छ ।
प्रेस सेन्टर कर्नालि प्रदेशले आज मंगलबार प्रदेश सम्मेलन गर्ने भएको हो । सो सम्मेलनबाट नयाँ नेतृत्व छनोट गर्ने बताइएको छ ।
प्रेस सेन्टर कर्नालि प्रदेशका अनुसार आयोजक समितिको आज बसेको बैठकले सम्मेलन सफल पार्न सबै तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
कर्नालि प्रदेशका १० वटा जिल्लाका प्रतिनिधिहरु आज सुर्खेत आइसकेको बताइएको छ ।
Discussion about this post