प्रेस सेन्टरको कर्नाली प्रदेश अधिबेशन सम्पन्न,अध्यक्षमा प्रतीक इच्छुक शर्मा

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपालको दोस्रो अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनले प्रतीक इच्छुक शर्माको अध्यक्षतामा ४१ सदस्य प्रदेश कमिटी सर्बसम्मत भएको छ । जसको वरिष्ठ उपाध्यक्ष गणेश कु.सेर्पाइली उपाध्यक्ष ललित गाहा,पुर्ण प्रसाद चौलागाईं,प्रमुख सचिब धर्मराज जिसि,खुला सचिब तिलकराज ओलि,युद्धजित शर्मा, बिबिस कुमार सेजुवाल,अर्जुन भट्टराई र उपेन्द्र न्यौपाने रहेका छ्न भने महिला सचिब देवका लामिछाने,तिलसरा बि क,कोषाध्यक्ष गोपाल रेग्मी लगाएत ४१ सदस्य रहेको बताइएको छ ।उक्त सम्मेलनले रमेश रावलको संयोजकत्वमा सल्लाहकार समिती गठन गरेको छ भने अनुशासन समिती संयोजकमा अशोक कुमार सिंह सर्बसम्म्त भएका छ्न भने लेखा आयोगमा पछि संयोजक तोक्ने गरि सदस्यमा लंक धमला रहेको बताइएको छ । प्रेस सेन्टर नेपालको मंसिर १८ गते रास्ट्रीय महाधिवेशन चितवनमा हुने महाधिवेशन आयोजक समिती सदस्य मनिका बोहराले बताइन । कर्नाली प्रदेश अधिबेसनमा नेकपा(माओवादी केन्द्र) कर्नाली प्रदेश इन्चार्ज शक्ती बस्नेतले उद्घाटन गर्नु भएको थियो ।अधिबेशनको बन्द शत्र आजै भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित