नेकपा(माओवादी केन्द्र)पलांतामा राजेशलाई पहिलो नम्बरमा प्रदेश प्रतिनिधिमा सिफारिस

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का जिल्ला स्तरमा सबै भन्दा पहिले गाउँ सम्मेलन गर्न सफल रहेको पलातामा प्रदेश प्रतिनिधि मध्ये पहिलो नम्बरमा दलित नेता तथा पलाता गाउँ कमिटी इन्चार्ज अनन्त बिकलाइ सिफारिस गरेको छ । पलाता गाउँ कमिटीको प्रथम सम्मेलनले १२ जना प्रतिनिधि मध्ये इन्चार्ज राजेशलाइ पहिलो नम्बरमा सिफारिस गरेको बताइएको छ । उक्त सम्मेलनबाट प्रदेस कमिटी सदस्यका लागि पार्टीले पहिलो प्राथमिकतामा दिएपछी  अनन्त बिक(राजेश) सुनिश्चित भएको बताइएको छ । २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिक उम्मेदवार समेत रहेका राजेश २०७० सालको स्थानीय निर्वाचनमा गाउँ पालिकाका अध्यक्षका आकांक्षी रहेका थिए । पलाता गाउँ कमिटी इन्चार्ज राजेशले आफू पहिलो नम्बरमा प्रदेश कमिटीका लागि सिफारिस भएको बताउनु भएको छ । प्रदेश प्रतिनिधिमा दोस्रो नम्बरमा लक्ष्मण बम,बिष्णु रोकाया( इन्द्र),मान बहादुर  भण्डारी( बासिन्द) गरेर १२ जना रहेको बताइएको छ । पचालझरना गाउँ पालिकामा हाल जिल्लाकै सबै भन्दा बढी पार्टी सदस्य रहेको बताइएको छ । उक्त आंकडामा २१ हजार एक सय पार्टी सदस्य रहेको पलाताले १२ जना प्रतिनिधि सिफारिस गरेको हो ।कर्नाली प्रदेस सम्मेलन मंसिर २५ गते सुर्खेतमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित