हिमचुलि द्धारा पिलिमा आइएमइ सेवा संचालन

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको खांडाचक्र नगरपलिकाको पिलिमा आइएमइ सेवा सुचारु भएको छ ।

हिमचुलि कृषि सहकारी संस्था द्धारा  सदस्य तथा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै संस्थाले यस अघि टेलिफोन मार्फत सदरमुकामबाट कारोवा गर्दै आएको भएपनि औपचारिक रुपमा आइएमइको अनलाइन प्रणालिबाट शुरु गरेको सेवा कार्यालय व्यवस्थापक जयचन्द्र अधिकारीले बताउनु भएको छ ।

सदरमुकाम संग जोडिएको क्षेत्र भएपनि पिलिमा महावै गाउँ पालिकाका गेला,शुभकालिकाको मुग्राह,खांडाचक्र नगरपालिको पांखा,तिलागुफा नगरपालिकाको चिल्खायाको लुब्र लगाएतका ठाउंको केन्द्रविन्दु रहेको छ । अहिले ५ देखि ७ जनाको रेमिट कारोवार हुंदै आएकोमा फोन मार्फत झन्झटिलो हुने गरेको भएपनि अबका दिनमा सहज भएको बताउदै रकम पठाउने कारोबार मात्र नभई मोवाइलमा रिर्जाज,टिभिमा रिर्जाज तथा अन्य कारोवार हुने भएपछि स्थानिय खुशि भएका छन ।

स्थानिय दिपराज कार्कीका अनुसार मोवाईलमा रिर्जाज हाल्न खोज्दा ५ रुपैया थप दिनु पर्ने गरेको र टिभिमा रिर्चाज हाल्न जुम्ला मार्फत गर्नु पर्ने बाध्यता हटेकोमा हिमचुलि कृषि सहकारी संस्थालाई धन्यवाद दिनु भएको छ । संस्थाले पिलिमा २०७० साल देखि सदस्यहरुलाई विभिन्न सेवा सुविधा दिदै आएको छ ।

हाल यस सहकारी संस्थाको पिलिमा १ हजार ३ सय ८४ जना सदस्यहरुमा कर्जा ३ करोड ५० लाख हाराहारीमा लगानि भएको सेवा कार्यालयले जनाएको छ ।
जिल्ला भर कार्यक्षेत्र भएको हिमचुलि कृषि सहकारी संस्थाका १२ हजार ७०० सदस्यहरु रहेका छन भने नौ वटा स्थानिय तहमा सेवा कार्यलय स्थापना गरेर बचत तथा ऋण,सौर्य उर्जा,आइएमई सेवा,लघुविमा तथा कृषि सम्बन्धि सेवा दिदै आएको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।

संस्थाले कोरोेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानिय तहहरुलाई तिन लाख बढि राहत प्रदान गरेको छ भने प्रहरीहरुलाई स्वस्थ्य सामाग्रि समेत हस्तान्तरण गरेको बताइएको छ ।

अहिले आइएमइ,आइएमइ पे लगायतका रेमिट बाट कारोवार शुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित