नेपाली कांग्रेस कर्नाली प्रदेशमा बम र शाहीको भिडन्त,कस्ले मार्छ बाजि ?

7
SHARES
15
VIEWS

सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कर्णाली प्रदेश कार्यसमितिमा तीन जनाको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वको लागि शुरु भएको कर्नाली प्रदेश अधिवेशनमा नयाँ धार स्थापित भएको छ । यस अघि देउवा पक्षीय मानिदै आएका मोतिराज बमले उपसभापति बिमेलेन्द्र निधीको धार पकडिदै कर्नाली प्रदेश सभापतिमा उम्मेदवारी दिएका छ्न भने पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजंग शाही र पौडेल पक्षबाट भुपेन्द्रजंग शाही सहित कर्नाली प्रदेश सभापतिमा उम्मेद्वारी दर्ता पछि चुनाबी रौनकता छाएको छ ।
देउबा पक्षिय ललितजंग शाही जुम्लाका हुन भने पाका नेताका रुपमा चिनिदै आएका मोतिराज बम र युबा नेताका रुपमा स्थापित भुपेन्द्रजंग शाही कालिकोटका हुन् । तिनै जनाले आ आफ्नो जितको दाबी गरेका छ्न । पछिल्लो समय युबामा लोकप्रिय मानिदै आएका युबा नेता भुपेन्द्रजंग शाहिले आफुले पार्टी रुपान्तरणका लागि अघि बढेको र नीति,बिधि र थिती सहि ढंगले नबढाउदा सम्म नहुने दाबी गर्दै आफुले नेतृत्व गरेपछी त्यसको लागू गर्ने दाबी गरेका छ्न । अहिले युबा नेता शाहीको पक्षमा मावल रहेको दाबी गर्दै देउबा पक्षमा बिभाजन आएकाले आफ्नो जित सुनिस्चित भएको भुपेन्द्र शाही पक्षिय नेताहतुको दाबी छ । त्यसै गरी  देउबा पक्षिय नेता ललितजंग शाहीले अहिलेको संस्थापन पक्ष कर्नालिमा बलियो रहेकाले आफू जितको नजिक पुगेको दाबी छ । त्यसै गरी दुई खेमा ( देउबा र पौडेल )को सबै कार्यक्रताले बुझी सकेकाले नयाँ नेतृत्व बिमलेन्द्र निधिले गर्ने बताउदै आफू जित हासिल गरेरै छाड्ने दाबी गर्नु भएको छ । कालीकोट बाट देउबा पक्षकै काली बहादुर सहकारीले समेत उपसभापतिमा उम्मेदवारी दिएका छ्न । नेपाली कांग्रेस कर्नालि प्रदेशको मतदान शनिबार दिउँसाे १२ बजे देखी बेलुका ५ बजेसम्म हुने कार्यतालिका रहेको छ । कर्नालिमा प्रदेश प्रतिनिधि ४ सय ३३ र महाधिवेशन प्रतिनिधि ३सय १६ गरी ७ सय ४९ जना मतदाता रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित