नेपाल पत्रकार महासंघको उपाध्यक्ष पद रिक्त

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पदबाट राजीनामा दिने बताएपछि उक्त पद रिक्त हुने भएको छ ।

नेपालि कांग्रेसमा आवद्ध अधिकारीले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुने भन्दै पद त्याग्ने घोषणा गरेकी हुन् ।

‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको विधान, आचारसंहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाइ हेक्का छ । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर महासंघको नेतृत्वमा पुर्‍याउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछु,’ अधिकारीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, ‘म महासंघको नेतृत्वमा नरहे पनि तपाइँहरूको मतको उच्च सम्मान गर्दै हरहमेशा तपाइँहरूको माझ सुख–दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीति तिर ।’

उनी नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेसनमा गृहजिल्ला ओखलढुंगाबाट महाधिवेसन प्रतिनिधि निर्वाचित भएकी छिन् ।

महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेर निर्वाचित नबन्दा सम्म भने उनले महासंघको पद छोड्ने कुनै घोषणा गरेकी थिइन् । तर, जब प्रतिनिधि निर्वाचित भइन् त्यसपछि मात्रै उनले राजीनामाको घोषणा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित