नेपालि कांग्रेस पचालझरनामा पहिरो भानुभक्त संज्याल सहित ७२ घर परिवार माओवादी केन्द्रमा प्रवेश

7
SHARES
15
VIEWS

सुर्खेत । नेपालि कांग्रेस पचालझरनाका स्थानिय निर्वाचनका प्रत्यासि भानुभक्त संज्याल सहित ५० जना  र  रास्ट्रीय जनमोर्चाका जिल्ला सचिब अबिलाल संज्याल सहित २२ जना गरेर ७२ नेता तथा कार्यक्रताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन ।

प्रवेश गर्नेहरुमा  महासमिति सदस्य तथा २०६४ सालको संविधान सभाका समानुपातिक उम्मेद्धार कर्णविर टमट्टा,महासमिति सदस्य मेनका संज्याल,प्रदेश निर्वाचन क्षेत्रका प्रतिनिधि नमराज संज्याल,वडा सभापति मनि प्रसाद न्यौपाने,प्रदेश सदस्य पदम बहादुर शाही,पालिका सहसचिव ललित जंग शाही,सफल व्यवसायि मुक्ति संज्याल लगाएत ५० रास्ट्रीय जनमोर्चाका जिल्ला सचिब अबिलाल संज्याल सहित २२  जना गरेर ७२ जना रहेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

अध्यक्ष सेजुवालले आफु संगै २०७४ सालको स्थानिय निर्वाचनमा एक हजार २ सय ४ मत ल्याई पराजय भएका भानुभक्त संज्याललाई आफ्नो पार्टीमा प्रवेश गर्न पाउदा खुशि भएको बताउनु भएको छ । कर्नालि प्रदेशको राजधानि विरेन्द्रनगर सुर्खेतमा माओवादी केन्द्रमा ४१ जनाले प्रवेश गरेका हुन ।

उनलाई कर्नालि प्रदेशका पूर्व मुख्यमन्त्रि महेन्द्र शाही,कर्नालि प्रदेशका पार्टी सचिव रामदिप आचार्य,सांसद जिवन बुढा,दुर्ग बहादुर रावत,रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल,पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने,पचालझरना गाउँ कमिटि इन्चार्ज देवराज शाही,पार्टी अध्यक्ष पौरख विक लगाएतको उपस्थितिमा स्वागत गरिएको बताइएको छ ।

सो कार्यक्रममा बोल्दै नव प्रवेशी संज्यालले आफुलाई नेपालि कांग्रेसका केही व्यक्तिहरुले विगत देखि हेप्दै आएको र गएको स्थानिय तहको निर्वाचनमा समेत आफुलाई हराउने योजना बनाएकोमा विरोध गर्दै आएको बताए । आफुले अब देखि माओवादीमा आस्थावन भएर काम गर्ने प्रतिवद्धता जनाएका छन ।
को हुन भानु भक्त संज्याल ?
लामो समय देखि स्वस्थ्य क्षेत्रमा काम गर्दै केन्द्रिय स्तरको नेतृत्वमा पुगेको संज्याल जिल्ला अस्पताल कालीकोटमा कार्यरत थिए । नेपालि कांग्रेसमा आवद्ध संज्याल २०७४ सालको स्थानिय निर्वाचनमा स्वस्थ्यकर्मिबाट राजिनामा दिएर पचालझरना गाउँ पालिका अध्यक्षमा प्रत्यासि रहेका थिए । त्यसै गरी नेपालि कांग्रेस कालीकोटका जिल्ला कोषाध्यक्ष समेत रहेका भानुभक्त संज्याल कम्युनिष्ट राजनैतिकमा सहभागि भए संगै पचालझरना गाउँ पालिकामा नेपालि कांग्रेसमा ठुलो क्षति पुगेको छ । उनि संगै पचालझरना गाउँ पालिकाका बुढा पाको नेताका साथै युवा नेताहरुको प्रवेशले पचालझरनामा माओवादी केन्द्रमा थप वलियो भएको छ ।
पचालझरना गाउँ पालिकाका माओवादी केन्द्रमा किन बढ्यो आकर्षण ?
नेकपा माओवादी केन्द्रको बलियो गढ मानिदै आएको कर्नालि प्रदेशका मुख्यमन्त्रि समेत भइसकेका मेहन्द्र बहादुर शाहीको गाउँ पालिका हो पचालझरना ।यहाँ जनयुद्धमा सबै भन्दा उच्च नेतृत्व हर्ष बहादुर शाही(प्रभात) सहित ४७ जना नेता तथा कार्यक्रताले बलिदानि गरेको गाउँ पालिका हो ।

२०७४ सालको स्थानिय निर्वाचनमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने सहित वडा न.२,३,४,६,८ र ९मा विजयि हांसिल गरेको थियो । पछिल्लो समयमा पचालझरना गाउँ पालिकामा नेतृत्व गर्ने स्थानिय सरकारको सहज तरिकाले प्रतिपक्ष तथा विपरितलाई संग संगै लिने क्षमता भएकै कारण विकास देखि अन्य पार्टीबाट प्रवेश गर्नेको लहर चलको हो । अहिलेका भानुभक्त संज्यालको प्रवेश संगै पचालझरना गाउँ पालिकामा ६ सय ५० जना अन्य पार्टीका कार्यक्रताहरु प्रवेश गरेको नेकपा(माओवादी केन्द्र) पचालझरनाले जनाएको छ ।

पाचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विकका अनुसार पचालझरना गाउँ पालिकामा स्थानिय सरकार र पार्टीको सहकार्यमा हरेक काम कार्वाहीहरु अघि बढेकाले जनतामा उत्साह र बाह्य क्षेत्रमा सकारत्मक प्रभाव परेको बताउनु भएको छ ।

स्थानिय निर्वाचन देखि अहिले सम्म  पचालझरना गाउँ पालिकामा २०७४ सालको निर्वाचनमा नेपालि कांग्रेसबाट वडा न. १मा वडा अध्यक्षका प्रत्यासि दानसिंह बोगटी,वडा न.४का वडा अध्यक्षका प्रत्यासि विष्णुलाल न्यौपाने,त्यसै गरी नेकपा एमालेबाट वडा न.४का वडा अध्यक्षका प्रत्यासि नौसिंह सेजुवाल,वडा न.२का वडा सदस्यका उम्मेद्धार कालु कठायत,विप्लव नेकपाबाट क्रान्तिकारी पत्रका संगठनका केन्द्रिय सचिव रुपेन्द्र ऐडी,विप्लव निकट युवा संगठनका जिल्ला अध्यक्ष महाजित ऐडी लगाएतका नेता तथा कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

स्थानिय निर्वाचनमा एक हजार ६ सय ६८ मत ल्याएका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको टिम भएपनि अहिले पार्टी सदस्यको संख्या एक हजार ७ सय ९ जना सदस्य रहेको बताइएको छ ।

अन्य गाउँ पालिकामा पार्टी र स्थानिय सरकार विच अन्तरविरोध भएपनि पचालझरना गाउँ पालिकामा भने त्यसो नभई एक आपसमा सहकार्य सहमतिमा काम अघि बढेपछि सबै क्षेत्रमा चर्चा चल्न थालेको छ । सबैको परिणाम पचालझरना गाउँ पालिका माओवादी केन्द्रको किल्ला भएको माओवादी नेताहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित