को हुन भानु भक्त संज्याल,किन गरे माओवादीमा प्रवेश ?

7
SHARES
15
VIEWS

कालीकोट ।लामो समय देखि स्वस्थ्य क्षेत्रमा कार्यरत रहेर नेपालि कांग्रेसको भातृ संगठन नोपल स्वस्थ्य कर्मि संघको केन्द्रिय स्तरको नेतृत्वमा पुगेको भानु भक्त संज्याल जिल्ला अस्पताल कालीकोटमा कार्यरत स्वस्थ्य कर्मि हुन।

नेपालि कांग्रेसमा आवद्ध संज्याल स्वस्थ्य क्षेत्रबाट राजिनामा दिएर २०७४ सालको स्थानिय निर्वाचन अघि सक्रिय राजनैतिकमा सहभागि भएका हुन । विद्र्रोही स्वभावका संज्याल स्वस्थ्य क्षेत्रको विकासका लागि निरन्तर खट्ने एक सफल स्वस्थ्यकर्मि हुन । देशमा संघिय संरचनाको विकास संगै राजनैतिक क्षेत्रमा प्रवेश गरेका संज्यालले २०७४ सालको स्थानिय निर्वाचनमा उम्मेद्धार बनेका संज्यालले एक हजार २ सय ६ मत ल्याएर पराजय भोग्नु भएको थियो ।

पचालझरना गाउँ पालिकामा नेपालि कांग्रेसको बर्चश्व रहेको भएपनि आन्तरिक गुटउपगुटका कारण पराजय भएको बताइएको छ । नेपालि कांग्रेस कालीकोटको कोषाध्यक्षको समेत जिम्मेवारी लिदै आउनु भएका संज्यालले आफुलाई पार्टीम लामो समय देखि त्याग गरेको भएपनि कुनै पनि सरोकार नराखेर स्थानिय तहको निर्वाचन देखि हाल सम्म निरन्तर रुपमा पार्टीका केही अमुक व्यक्तिहरुले पेल्दै आएको बताउदै मंसिर २२ गते कर्नालि प्रदेशको राजधानि सुर्खेतमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता संज्यालले नेपालि कांग्रेस जस्तो गुट उपगुट मार्फत चल्ने पार्टी भन्दा सदस्य भएर कम्युनिष्ट नै प्यारो लागेको बताए ।पचालझरना गाउँ पालिका अध्यक्षमा प्रत्यासि रहेका संज्याल संगै पूर्व महासमिति सदस्य मेनका संज्याल,कर्णविर टमट्टा लगाएतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

नेकपा(माओवादी केन्द्र)मा प्रवेश संगै पचालझरना गाउँ पालिकाको वडा न. ८मा रहेको खडतोलि,बयाला लगाएतका गाउँमा नेपालि कांग्रेसमा ठुलो झट्का लागेको छ । नेपालि कांग्रेसको पचालझरना गाउँ पालिकाको सभापति समेत रहेको वडामा नेपालि कांग्रेसको संख्या न्युन रहेको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरनामा अहिले सम्मकै ठुलो सफलता हांसिल गरेको बताउदै साविकको नानिकोट गाविसको उच्च नेतृत्व माओ्वादीमा आउनुलाई पाका नेताको खांचो भएको समयमा आफुहरुले सम्मान गर्ने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाका सफल व्यसायि नमराज संज्याल,मुक्ति संज्याल लगाएतका नेताहरुको आगमनले नेकपा(माओवादी केन्द्र)लाई झन वलियो बनाएको कर्नालि प्रदेशका पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले बताउनु भएको छ ।

नव प्रवेसिलाई बधाई दिदै पूर्व मुख्यमन्त्रि शाहीले पचालझरना गाउँ पालिका विगतमा पनि माओवादी किल्ला भएको र आगामि दिनमा समेत झन बलियो भएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित