कांग्रेस नेता भानुभक्त संज्याल सहित ७२ घरपरिवार माओवादीमा समाहित हुंदा म अत्यान्तै खुशी छु-सेजुवाल

7
SHARES
15
VIEWS

भनिन्छ राजनैतिक क्षेत्र यस्तो चिज हो । मानिसलाई कहिले मित्र त कहिले दुश्मन ।नेपालको इतिहांसमा त्यस्तै हुंदा आएको छ । बहुदलिय प्रतिष्पर्धा र सहकार्य सहमतिको राजनैतिकमा मान्छेलाई कति खेर नजिक गराउछ त कति खेर टाढा । जुन किसिमले टाढा भइन्छ सो समयमा नजिकको कल्पना गर्न पनि सकिदैन । तर परिस्थितिले त्यस्तो गराइदिन्छ की नजिक नभइ नहुने अवस्थाको वातावरण गराउदो रहेछ ।

नेपालि जनयुद्धको इतिहांसमा नेकपा(माओवादी)नेतृत्वलाई आतंककारीको विल्ला भिराएर टाउकाको मुल्य ५० लाख तोक्ने अनि जनताका वस्तिमा फरर गोलि वर्षाउन आदेश दिनेहरु अहिले आएर प्रमुख मित्र हुन पगे । मेरो जिवनमा त्यस्तै घटनाको स्मरण आज भएको छ । जब सरकारले स्थानिय निर्वाचन गराउने घोषणा गर्यो सो समयमा विभिन्न दलहरुमा कुन स्थानिय तहमा कस्ले टिकट पाउने र कस्ले बाजि मार्ने चर्चाका विचमा मैले नेकपा(माओवादी केन्द्र)बाट पचालझरनाको उम्मेद्धारी दिने टुंगो लाग्यो ।त्यसै गरी नेपालि कांग्रेसबाट पुर्व स्वस्थ्यकर्मि भानुभक्त संज्याल र नेकपा(एमाले)बाट साविकको नानिकोट गाविसका पूर्व अध्यक्ष चन्द्रबहादुर शाही विच भिडन्त हुने पक्का भयो ।

मलाई लागेको थियो कि पूर्व गाविस अध्यक्ष समेत भएका चन्द्र बहादुर शाहीको बाहुल्यता हुने आंकलन गरेको थिए । तर परिणाम उल्टियो । मैले १ हजार ६ सय ६८ मत ल्याइ विजयि भएको थिए भने मेरो प्रतिस्पर्धि नेपालि कांग्रेसका भानुभक्त संज्यालले एक हजार दुई सय ३ मत ल्याउनु भयो भने नेकपा(एमाले)का चन्द्र बहादुर शाहीले १ हजार एक सय ३ मत ल्याउनु भएको थियो । जुन व्यक्ति मेरो प्रतिस्पर्धि हुनुहुन्थ्यो । वहाँलाई मैले आफ्नै पार्टी माओवादीमा भित्र्याउन पाउदा आज धेरै खुशी भएको छु । मैले नसोचेको र कल्पना नगरेको चिज आज हामी संग संगै सहकार्य गर्ने अवसर मिलेको छ । यसबाट मेरो जिवनको सबै भन्दा खुशीको दिनका रुपमा लिएको छु ।

राजनैतिक समाजका लागि सेवा हो र भावना विचार मिलउदै एउटै पार्टी,झण्डा र सिद्धान्तमा रहने प्रतिवद्धता सहित हाम्रो पार्टीमा प्रवेश गर्नु भएका २०७० साल ताका नेपालि कांग्रेसबाट समानुपातिक उम्मेद्धार कर्णवि टमट्टा,२०७४ सालको स्थानिय तहको निर्वाचनका प्रत्यासि नेपालि कांग्रेस कालीकोटका कोषाध्यक्ष दाजु भानुभक्त संज्याल सहितको ५० घर र राष्ट्रिय जनमोर्चा कालीकोटका जिल्ला सचिव अविलाल संज्याल सहित २२ घर परिवार गरी जम्मा ७२ घरपरिवार नेकपा(माओवादी केन्द्र)मा समाहित भएकोमा हार्दिक स्वागत सहित माओवादी केन्द्रले उचित जिम्मेवारी दिने विश्वास दिलाउन चाहन्छु ।

यस अघि पचालझरना गाउँ पालिकामा नेपालि कांग्रेसबाट वडा न. १ सिकुमा वडा अध्यक्षका प्रत्यासि दानसिंह कठायत,वडा न.४मा विष्णुलाल न्यौपाने,वडाध्यक्षका उम्मेद्धारी दिएका नेकपा(एमाले)बाट नौलासिंह सेजुवाल,वडा न.२बाट कालु कठायतका नेताहरु प्रवेश गरेका छन । यसरी हेर्दा पचालझरना गाउँ पालिकामा स्थानिय तहको निर्वाचन पछि साढे छ सय बढि अन्य पार्टीका नेता तथा कार्यक्रता माओवादीमा प्रवेश गरेका छन ।

विगतको तुलनामा हाम्रो पचालझरना गाउँ पालिकामा एक हजार ६ सय ६८को ठाउँमा ३ हजार बढि मतले विजयि हुने पक्का भएको छ । माओवादी केन्द्रका १ हजार ७ सय ९ जना पार्टी सदस्यहरुमा एक जनाले साथमा एक जना थप ल्याउदा ३ हजार चार सय मत हुने र ति मध्ये ४ सय अन्यत्र गएपनि तिन हजार ल्याउने वातावरण भएको छ ।

यसको श्रेय भनेको पहिलो कुरा हाम्रो पार्टीको सहकार्य समन्वय हुदै आएको र बाह्य पार्टीहरु संग पनि स्थानिय सरकारले विना पूर्वाग्राही हिसावले सहकार्य जारी राख्दै हाम्रो पनि सरकार छ है भन्ने वातावरण बनाउनु हो । दोस्रो कुरा हामीले सबैको आशा र भरोशाको केन्द्र पार्टीका केन्द्रिय सदस्य तथा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले सिंगो कर्नालिको नेतृत्व गर्ने अवसरले पचालझरना बासिलाई खुशियािल छाउनु र भिन्न सिद्धान्त बोकेका राजनैतिक दलहरुमा पनि सकरात्मक प्रभाव कायम रहनु हो ।

भानुभक्त संज्याल
भानुभक्त संज्याल

अहिले पनि हामीले पचालझरना गाउँ पालिकामा विभिन्न राजनैतिक दलहरुको सहमति सहकार्य मार्फत काम गर्दै आएका छौं । भोलिका दिनमा पनि सोही प्रक्रियाबाट हामी अघि बढ्ने छौं । पचालझरनमा माओवादी केन्द्रलाई बलियो बनाउदै जनताका जल्दाबल्दा समस्याको निराकारण माओवादी पार्टीले गर्ने विश्वास दिन चाहान्छौं । धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित