कालीकोट राजनैतिक विशेष : कुन दलमा कति जना केन्द्रिय सदस्य ?

7
SHARES
15
VIEWS

सुर्खेत । पछिल्लो समय राजनैतिक दलहरुमा कालीकोटका विभिन्न नेताहरु केन्द्रिय स्तरको राजनैतिकमा सहभागिता हुन थालेको छ । कुनै समय कालीकोट जिल्लामा सबै भन्दा बढि केन्द्रिय सदस्यहरुको सबै भन्दा बढि संख्या रहेको नेकपा(माओवादी)मा अहिले भने एक जना मात्र रहेको छ । नेकपा(माओवादी) विभाजन पछि केन्द्रिय सदस्यमा एक जना मात्र रहेका छन । नेकपा(माआवादी केन्द्र)मा महेन्द्र बहादुर शाही मात्र केन्द्रिय सदस्य रहेका छन ।

केन्द्रिय सदस्यको सम्भावाना भएका नेताहरु नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) एकतामा राष्ट्रिय सभा सदस्य जिवन बुढा,संघिय सांसद दुर्ग बहादुर रावत र जिल्ला संयोजक धनजित शाहीहरु प्रदेश कमिटि सदस्यमा सिमित रहेका छन ।

लामो राजनैतिकमा सक्रिय रहंदै आएका रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल पनि केन्द्रिय सदस्यको लाइनमा रहेका छन ।हाल केन्द्रिय लेखा आयोग सदस्य रहेका बराल बलिदानिको किल्ला कालीकोटमा केन्द्रिय सदस्यमा हैसियत राख्ने नेताहरु तमाम भएको बताउदै आएका छन ।पार्टी विभाजन पछि नेकपा—माओवादी हुंदै नेकपा बनाएको विप्लव नेतृत्वमा कालीकोटबाट सबै भन्दा बढि केन्द्रिय सदस्य रहेका छन । जुन पार्टीमा अहिले १० जना केन्द्रिय सदस्य  छन ।

केन्द्रिय सचिवालय सदस्य समेत रहेका खड्गबहादुर विक(प्रकाण्ड),केन्द्रिय सदस्यहरु पूर्व राज्यमन्त्रि नविन विक(हितमान),पुर्व सभाषद धिरिन्द्रा उपाध्याय(भृकुटी),भरत बम(रणविर),एटम विसि,जोखिम बोहोरा,डण्डमान विक(बलवान)लोकजंग शाही(समर)विवेक कुमाल,कर्ण बहादुर भण्डारी(विराट) रहेका छन । यि सबै पूर्व माओवादी पृष्ठभुमिबाट आएका नेताहरु हुन । माओवादी नेतृत्वले जनयुद्धको वाचाहरु विर्सिदै गएको भन्दै विप्लव नेतृत्वको राजनैतिक यात्रामा अघि बढेका छन । त्यसै गरी अहिले केन्द्रिय सदस्यहरु नरहेका नेपालि कांग्रेस हो ।


पार्टी विभाजन पछि नेकपा—माओवादी हुंदै नेकपा बनाएको विप्लव नेतृत्वमा कालीकोटबाट सबै भन्दा बढि केन्द्रिय सदस्य रहेका छन । जुन पार्टीमा अहिले १० जना केन्द्रिय सदस्य रहेका छन ।


अहिले सम्म कालीकोट जिल्लाबाट एक जना पनि केन्द्रिय सदस्य रहेका छैनन । १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा युवा नेता नारायण प्रसाद भटट्राई र पूर्व जिल्ला सभापति हर्ष बहादुर बमले उम्मेद्धारीको घोषणा गरेका छन । नेकपा(एमाले) कालीकोटमा १० औ महाधिवेशन पछि दुई जनाले केन्द्रिय सदस्यमा सर्वसम्मत भएका छन । युवा नेताका रुपमा चिनिदै आएका कालीकोट जिल्लाका अध्यक्ष नगिन्द्र शाही(नेश्नल) र महिला नेतृ दक्षिणा शाही केन्द्रिय सदस्य रहेका छ्न।

यस अघि कालीकोट जिल्लामा नेकपा(एमाले)को केन्द्रिय सदस्यमा सहभागिता सुन्य थियो । नेकपा(एमाले)बाट विभाजन भएको नेकपा(एकिकृत समाजवादी)मा पनि तिन जना नेताहरु केन्द्रिय सदस्यमा रहेका छन ।पूर्व सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्रि कुर्मराज शाही,विजया विष्ट र तुलराज सिमखाडा रहेका छन भने राप्रपाबाट समेत तिन जना नेता केन्द्रिय सदस्य छन । युवा नेताका रुपमा चिनिदै आएका धन बहादुर बुढा,सत्य बहादुर शाही र धनसुर शाही रहेका छन । नेमकिपामा नन्द बहादुर शाही र नवराज कोइरालाका साथै राष्ट्रिय जनमोर्चामा देवजंग शाही समेत केन्द्रिय सदस्य रहेको बताइएको छ ।


त्यसै गरी अहिले केन्द्रिय सदस्यहरु नरहेका नेपालि कांग्रेस हो ।अहिले सम्म कालीकोट जिल्लाबाट एक जना पनि केन्द्रिय सदस्य रहेका छैनन । १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा युवा नेता नारायण प्रसाद भटट्राई र पूर्व जिल्ला सभापति हर्ष बहादुर बमले उम्मेद्धारीको घोषणा गरेका छन ।


अहिले सम्म केन्द्रिय स्तरमा वर्चश्व राख्ने नेताका रुपमा पूर्व मन्त्रि खड्ग बहादुर विक(प्रकाण्ड) र पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाही(प्रज्वल) रहेका छन भने भरत बम,एटम विसिहरु पनि बरिष्ठ नेताका रुपमा रहेको बताइएको छ । कालीकोटबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलहरु मध्ये नेकपा(माओवादी केन्द्र)मा महिला सहभागिता छैन भने नेपालि कांग्रेसमा सहभागिता हुने नहुने केहि निश्चित छैन ।

अहिले विप्लव नेकपाको केन्द्रिय सदस्यमा १ जना महिला सहभागिता रहेको छ भने नेकपा(एमाले)मा १ जना, एकिकृत समाजवादीमा एक जना महिला सहभागिता रहेको पाइएको छ ।
कालीकोट जिल्लामा  सबै दलको केन्द्रिय सदस्यहरुको तुलनामा महिला सभागिताको प्रतिशतमा हेर्दा न्युन देखिएको छ ।  जस्मा १६ प्रतिशत रहेको पाइएको छ ।
त्यसै गरी प्रदेश कमिटिमा समेत महिला सहभागिता न्युन रहेको छ ।

नेपालि कांग्रेसमा एक जना, नेकपा(मावादी केन्द्र)मा २ जना,एमालेमा सुन्य, समाजवादीमा सुन्य र विप्लव नेकपाले प्रदेश खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित