म माओवादी भैसके पुर्ब समानुपातिक उम्मेदवार-कर्णबिर टमट्टा

7
SHARES
15
VIEWS

सुर्खेत।नेपाली कांग्रेसका महासमिति सदस्य तथा २०७० सालको निर्वाचनमा  समानुपातिक उम्मेदवार पचालझरना निवासी कर्णबिर टमट्टाले आफ्नो नाम जोडेर नेकपा(माओवादी केन्द्र) प्रबेश नगरेको प्रकाशित बिज्ञप्ति प्रती आपत्ति ब्यक्त गरेका छ्न । कर्नाली प्रदेश राजधानी सुर्खेतमा भएको पार्टी प्रबेश कार्यक्रम मार्फत आफू माओवादी केन्द्रमा प्रबेश गरेको बताएका छ्न ।उनले लामो समय देखि नेपाली कांग्रेसमा रहेर थुप्रै काम र जिम्मेवारी पूरा गरेको भएपनी आफू माथी पार्टी भित्रको गुट उपगुटले आफू जस्ता सोझा साझा इमान्दार कार्यक्रता माथी लात हान्ने काम गरेको प्रती बिमती जनाउदै संघर्ष गर्दै आएपनी पछिल्लोपटकको गलत प्रवृत्तिले सहन सक्ने अवस्था नभएपछी अनिवार्य बिद्रोह गर्नु भयो । त्यसका लागि समाज परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा(माओवादी केन्द्र)नै उत्तम भएकाले आफ्नो नेतृत्वमा २०७४ सालको स्थानीय निर्वाचनका नेपाली कांग्रेस पचालझरनाका अध्यक्षका प्रत्यासी भानुभक्त संज्याल,निर्वाचन क्षेत्र समितिका सदस्य नमराज संज्याल,कृष्ण प्रसाद संज्याल,प्रेमलाल संज्याल लगाएत ७२ घरपरिवार प्रबेश गरेको बताए । कर्णबिर टमट्टाले आफू लगाएत तमाम नेपाली कांग्रेस कार्यक्रताहरु माओवादी भित्र समाहित भएको बताउदै अब पचालझरनामा नेपाली कांग्रेस खोजेर पाउन नसकिने अवस्था आउने दाबी गरेका छ्न । अहिले पचालझरनामा नेपाली कांग्रेस आस्थावान २ सय ९० बढी नेता तथा कार्यक्रताहरु माओवादी केन्द्रमा प्रबेश गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित