महिला हिंसा विरुद्धको १६ दिने अभियान भित्र २८ जना महिला तथा बालिका पीडित

7
SHARES
15
VIEWS

काठमाडौं । ‘घरैबाट शुरू गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका छन्  ।

इन्सेक द्धारा  सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

‘१६ दिनको अवधिमा इन्सेकले सुदूरपश्चिम बाहेकका ६ ओटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएका समाचार प्रकाशन गरेको छ ।सो विवरण  इन्सेकले मङ्सिर २६ गते जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार बागमती प्रदेशमा सात, कर्णाली प्रदेशमा ६, लुम्बिनी र प्रदेश २ मा पाँच÷पाँच, प्रदेश १ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन् ।

यो अवधिमा पत्नी हत्याका दुई र आमाको हत्याको एउटा समाचार प्रकाशन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । १६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित