कर्नालिमा हाम फालेर एक वृद्ध बेपत्ता

7
SHARES
15
VIEWS

कालीकोट । एका बिहानै एक वृद्धले कर्नालिमा हाम फालेर बेपत्ता भएका छ्न । पचालझरना गाउँ पालिका ४ निवासि हस्त बस्नेतले आज बिहान कर्नालिमा हाम फालेर बेपत्ता भएको बताइएको छ ।स्थानीयका अनुसार पारिवारिक कलह भएको र गए राती घरबाट भागेर कर्नालि किनारमा बास बसेर मंगलबार बिहान हाम फालेको हुन सक्ने बताए ।पचालझरना गाउँ पालिकाको वडा नम्बर४ को लाफाको किनारमा घटना स्थल नजिक चप्पल र लठ्ठी भेटिएको स्थानीयले बताए । बेपत्ता बस्नेतको खोजी कार्यका लागि आफन्तहरु लागि परेको उनका छोरा नरजित बस्नेतले  बताएका छ्न ।बेपत्ताका बारेमा इलाका प्रहरी कार्यलय पचालझरनाका प्रहरी प्रमुख गणेश रावलका अनुसार घटना स्थलमा गएर जांचबुझ गर्दा हामफालेर बेपत्ता भएको र बेपत्ताको खोजी कार्यलाइ स्थानीय र प्रहरीको सयुक्त टोलि लागि परेको बताउनु भयो । वहाँका अनुसार हाम फाल्नुको कारण हस्ते बस्नेत लामो समय देखि दमका बिरामी रहेको र रातभर खोक्ने भएकाले पारिवारिक रुपमा घरपरिवारलाई असर हुनुभन्दा हाम फाल्नु उचित ठानेर कर्नालिमा हाम फालेको हुन सक्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित