सुर्खेत । भालु आक्रमणबाट घाइते मैना सुनारलाइ नेकपा(माओवादी केन्द्र) कर्नाली प्रदेश सम्मेलनका प्रतिनिधिले २१ हजार संकलन गरेका छ्न । कार्यक्रम स्थलमा रहेका ९२ जना बाट २० हजार सात सय ६० रकम संकलन भएको बताइएको छ ।रकम संकलनमा सहभागी गोबिन्द चौलागाईंका अनुसार शुभकालीकाका माओवादी केन्द्रका कार्यक्रताले १५ हजार सहयोग गरेर कुल जम्मा ३६ हजार ७ सय ६० रकम पिडितलाइ काठमाडौ पठाइएको बताउनु भएको छ । शुभकालिकाको सुकाटियामा घाँस काट्न गएको बेला भालुले आक्रमण गरेको थियो । जिल्लामा उपचार हुन नसक्दा काठमाडौ पठाइएको छ ।सहयोग रकम संकलनमा अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य मनसिंह शाही,नेकपा माओवादी केन्द्र शुभकालिका गाउँ पालिका इन्चार्ज जय बहादुर महतारा लगाएतका टोलिको सहभागी रहेको बताइएको छ ।
Discussion about this post