कोहलपुर । नेकपा(माओवादी केन्द्र )कर्नाली प्रदेश कमिटी अध्यक्ष बिमला केसि र सचिबमा कालीकोटका धनजित शाही (आदर्श)सर्बसम्मत भएका छ्न । कर्नाली प्रदेश कमिटीको पहिलो बैठकले सो निर्णय गरेको हो । उक्त बैठकले जुम्ला,सल्यान जिल्लालाइ उपाध्यक्षको जिम्मेवारी तोकेको बताइएको छ ।लामो समय सम्म प्रतिनिधिलाई अन्योलमा राखेर प्रदेश कमिटी बैठकले पदाधिकारी चयन गर्ने नीति अनुसार पदाधिकारी घोषणा गरेको बताइएको छ । ९ पदाधिकारी रहेको प्रदेश कमिटीमा महिला नेतृत्व आउदा कर्नालिको बलिदानी किल्लाले समाबेशीलाई पहिलो प्राथमिकता दिएको विश्लेषण हुन थालेको छ ।
Discussion about this post