रास्कोटमा १२ किलोमीटर पक्की सडकको उपप्रमुख बम द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा १२ किलोमीटर सडक कालोपत्रेका लागि सिलान्यास गरिएको छ ।कर्नाली प्रदेश सरकारको लगानिमा सानिघाट देखि आरसिपी बजार सम्म निर्माण गरिने २५ करोड ५५ हजार ५ सय १२ रुपैयाँ ४२ पैशा बजेट रहेको छ ।यस अघि स्थलगत सर्भे सहित स्थानीय संग सहकार्य गरेर बैठक बसि कामको थालनी गर्ने बताइएको थियो ।आज एक कार्यक्रमका बिच रास्कोट नगरपालिका प्रमुख मिमसरा बम(शाहि) र नगर प्रबक्ता टक्क फर्सालले सयुक्त रुपमा सिलान्यास गरेको बताइएको छ ।

र्‍याप थ्रीको सहयोगमा निर्माण भएपनि सडक ३ मिटर चौडा रहेकाले समुदायको जग्गा अधिग्रहण हुदा समस्य नआउने गरि काम शुरु गरिने भएको छ ।रास्कोट नगरपालिकामा सडक कालोपत्रेका लागि विशेष जोड दिएर सफल भएको र गौरबको आयोजनाका रुपमा रास्कोटमा  कर्नाली करिडोरको क्षेत्रमा पहिलो पटक कालोपत्रे हुन लागेको बताइएको छ।

कामको जिम्मा लिएका के एस सनिश जेभिका संचालक अभिसेक श्रेष्ठले अहिले कामको शुरुवातका लागि पुजापाठ मात्र भएको बताउदै सिलान्यासका लागि पूर्व मुख्यमन्त्रिको सहभागितामा औपचारिक सिलान्यास गर्ने बताएका छन । उनले कर्नालि संचारलाइ भने राष्ट्रिय गौरवको आयोजना भएकाले विशेष गरी महत्व भएको र सोही अनुसार सिलान्यासको तयारी भएको समेत दावि गरेका छन ।

रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालले आफुलाई काम गर्ने कामको जिम्मा लिएकाहरुले सिलान्यासका लागि बोलाएको बताएका छन ।

सडक कालोपत्रे हुने भएपछी स्थानियमा खुशियाली छाएको र रास्कोटको सान्निघाट देखि सिप्टीबिसाली हुँदै बडिमालिका सम्म सडक बन्ने भएकाले रास्कोटका समुदायलाई ठुलो  राहत हुने भएको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहिले बताउनु भएको छ। रास्कोटमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री) द्वारा रास्कोटको सान्तिघाट देखि सिप्खानाको सेराचौर सम्म १७ किलोमीटर सडक निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित