आज संसद बैठक, सरिता गिरीले फिर्ता लिइनन् छुट्टै प्रस्ताव

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ ।लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिन आज संसदमा निर्णयार्थ पेश हुँदैछ । सबै राजनीतिक दल प्रस्तावको पक्षमा रहेकाले पारित हुने लगभग निश्चित छ ।

नेपालको संविधान २०७२ दोस्रो पटक संसोधन हुन लागेको हो । गत १८ जेठमा संसदमा संसोधन प्रस्ताव दर्ता भएको थियो । आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले आजै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसअघि भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जमिन समेटेको थियो । उक्त भूमिमा चीन जोड्ने सडक समेत बनाएपछि नेपालले नयाँ नक्सा जारी गरेर नक्सामा आफ्नो भूभाग समेटेको हो ।

सोही नक्शा बमोजिम निशान छाप परिवर्तनका लागि सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो। नेपालको संविधानको अनुसूची ३ मा निशान छापभित्र नेपालको नक्सा अंकित छ । संसोधन विधेयक पारित भएसँगै नेपालको नक्सामा नयाँ सिमाना कायम हुनेछ ।

सबै दलले संसोधन प्रस्तावको समर्थन गरे पनि सांसद सरिता गिरीले विरोध गरेकी छिन् । उनले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि मानेकी छैनन् ।

समाजवादीले भने प्रस्तावको समर्थन गर्ने जनाइसकेको छ । आफ्नै पार्टीकी सांसद संविधान संशोधनको विपक्षमा उभिएपछि त्यसबारे निर्णय गर्न आज बिहान ११ बजे समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित