पचालझरनाको लोकप्रिय कार्यक्रम,जेष्ठनागरिकलाई थर्माेस सहित कम्मल वितरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले जेष्ठ नागरिकलाई जाडो छल्न न्यानो कम्मल संगै तातोपानिका लागि थर्माेस वितरण गरेको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गाउँ पालिकाको वडा न. ४का ५१ जना जेष्ठनागरिकलाई न्यानो कम्मल सहित थर्माेस वितरण गर्नु भएको छ ।

पचालझरना गाउँ पालिका वडा न. ४का वडा अध्यक्ष तथा पचालझरना गाउँ पालिकाका प्रवक्ता अरुण रोकायाको उपस्थितिमा गरिएको कार्यक्रममा जेष्ठनागरिक तथा महिला वालवालिका शाखाले सो कार्यक्रम गरेको हो । यस अघि लाफामा पनि न्यानो कम्मल वितरण गरेको गाउँ पालिकाले वडाका सबै जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरिने बताइएको छ । आफुले जाडो समयको बेला कम्मल वितरण गरेको प्रति पचालझरना ४का जयसिंह सेजुवालले खुशि व्यक्त गर्दै पालिकालाई धन्यवाद दिनु भएको छ ।

स्थानिय सरकारले शुरुवात गरेको जेष्ठनागरिक प्रतिको सम्मानले पालिका सरकारले आगामि दिनमा पनि निरन्तरता पाउने आशा राख्दै धनविरे कामीले पचालझरना गाउँ पालिका र वडा सरकारलाई बधाई दिनु भएको छ ।

कम्मल पाएपछि खुशी हुंदै गाउँ पालिका अध्यक्षलाई धन्यवाद दिदै एक स्थानिय महिला

यस अघि पचालझरना गाउँ पालिकाले कृषकहरुलाई गोठालो भत्ता,खरमुक्त गाउँ देखि स्थानिय उत्पादनलाई प्राथमिकता दिदै अघि बढेको छ । पचालझरना गाउँ पालिकाले आफ्नो आंगन मेरो सरसफाई कार्यक्रम अघि बढाउदै पूर्ण सरसफाइ युक्त पालिका घोषणाको अभियानमा लागि परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित