कान्ति बाल अस्पतालमा अब घरबाटै टिकट काट्न मिल्ने

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी ‘एप्स’ को शुरुवात गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट अस्पतालमा लाइन बस्ने समयको बचत तथा उपचार प्रक्रियासमेत सहज हुने बताए । मन्त्री ढकालले भने, “यो सेवा चर्चा पाउनका लागि केही दिन मात्रै सञ्चालन गरेर हुँदैन निरन्तरता दिइनुपर्छ ।”

अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने  मन्त्री ढकालको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सबै सेवामा प्रविधिको प्रयोग गर्नुपर्ने भन्दै उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताए । साथै प्रविधिको प्रयोगबारे जानकारी पनि सम्बन्धित निकायले जानकारी दिनुपर्ने राज्यमन्त्री राउतको भनाइ छ ।

त्यस अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा‍‍.कृष्णप्रसाद पौडेलले एप्समार्फत घरबाटै टिकट काटेर अस्पतालमा आएर एकैचोटी चिकित्सकलाई भेट्न मिल्ने बताउनु भयो ।

सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट काट्न मिल्नेछ ।

यसका लागि दर्ता शुल्क रु ५० लाग्ने व्यवस्था गरिएको छ र यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको निर्देशक पाैडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित