शुभकालिकामा २सय१०घरधुरीलाई निशुल्क धुंवारहित चुल्हो बितरण

7
SHARES
15
VIEWS

कालीकोट । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहयोगमा शुभकालिकामा सुधारिएको धुंवा रहित चुल्हो बितरण गरिएको छ ।

शुभकालीका गाउँ पालिकाका दलित र जनजाति २ सय १० घरमा उक्त चुल्हो बितरण गरिएको बताइएको छ । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा शुभकालीकाका माओवादी केन्द्रका युबा नेता दिपक चौलागाईंको पहलमा शुभकालिकाका वडा नम्बर १ देखि ८ सम्मका दलित,जनजाती घरधुरीमा उक्त चुल्हो बितरण गरिएको बताइएको छ ।

दलित तथा जनजाति घरपरिवारलाई शतप्रतिशत अनुदानमा चुल्हो बितरण गरिएको नेता चौलागाईंले बताए । गाउँ पालिकाको कुनै अनुदानमा नभै बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र खुमलटारको संगको सहकार्यमा बितरण गरेका हौं ।

यसका लागि गत वर्ष धुंवारहित चुल्हो ३ सय ९० घरधुरीमा बितरण गर्नुका साथै १ सय ७० घरमा ८० वाट क्षमताको सोलार बितरण गरेको चौलागाईंले बताए ।आफुले धुंवारहित चुल्हो पाउँद खुशी भएको बताउदै शुभकालिका १ का जवानसिंह सुनारले सहयोग गर्ने निकाय र पहल कर्तालाइ धन्यवाद दिएका छ्न ।

उनले भने आफुहरु जस्ता दलित र जनजातीलाई ठूलो राहत भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित