महाबैमा विशेषज्ञ स्वास्थ्यकर्मीको उपस्थितिमा स्वास्थ्य शिबिर हुने

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिकामा स्वास्थ्य शिबिर संचालन हुने भएको छ । महाबैका युबाहरुको पहलमा नेपाल हेल्थ कोर्पसन नेपालको सहयोग तथा महावै गाँउपालिकाको सहकार्यमा स्वास्थ्य शिबिर शुरु हुने भएको छ ।महाबैका स्वास्थ्यकर्मी तथा युबाहरु मातृका धिताल र राजन अधिकारीको बिशेष पहालमा पौष १० देखि १२ गते (तीन दिन) सम्म महावै गाउँ पालिका अस्थायी केन्द्र पादमघाट बजारमा शिबिर शुरु हुने पहलकर्ता राजन अधिकारीले बताए ।उनका अनुसार चितवन ख्याती प्राप्त विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा क्यान्सर रिसर्च , भिडियो एक्सरे तथा निशुल्क स्वास्थ परिक्षण हुने बताए । उनले महाबै तथा छिमेकी पालिकाबाट शिबिरमा सहभागिताका लागि अनुरोध गरेको बताएका छन । स्वास्थ्य शिबिरमा डा. प्रभाकर दाहाल,डा. आयुस्मा खड्का,डा.मनिषा शर्मा,डा. बिजय लगुन,डा. बिनोद श्रेष्ठको सहभागिता हुने बताइएको छ ।त्यसै गरी रेडियो ग्राफी मातृका धिताल र राजन अधिकारीले सहजीकरण गर्ने बताइएको छ । त्यसका लागि महाबै गाउँ पालिकाले प्राबिधिक सहयोग गर्ने समेत बताइएको छ । शिबिरका संबन्धमा जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर रत्नबिर सुनारले शिबिरका बारेमा जानकारी नभएको बताए । जिल्ला स्वास्थ्य कार्यालयको स्वीकृत लिएर मात्र शिबिर संचालन गर्न पाइने भएकाले अहिले सम्म कुनै पनि निकायले जानकारी नगरेको जिल्ला स्वास्थ कार्यालय कालिकोटका निमित्त स्वास्थ सेवा ब्यबस्थापक डाक्टर सुनारको भनाइ रहेक छ । स्वास्थ्य शिबिरका लागि महाबै गाउँ पालिका संग समन्वय भएको तर जिल्ला स्वास्थ्य कार्यालय संग कुनै जानकारी नभएकोले अनुमती लिएर शिबिर संचालन गरिने राजन अधिकारीले बताए । शिबिरका लागि सबै प्रक्रिया पूरा भएको महाबै गाउँ पालिकाले जनाएको छ । फोटो राजन अधिकारीको फेसबुक वाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित