पार्टी भित्र टकराव छैन,टकराव गराउन खोजिएको हो-रणविर

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेकपाका केन्द्रिय सदस्य भरत बम(रणविर)ले आफ्नो पार्टी भित्र नेताहरुमा कुनै पनि टकराव नभएको बताउनु भएको छ ।

कर्नालि संचार संग कुरा गर्दै केन्द्रिय सदस्य रणविरले पार्टी एक ढिक्का भएर अघि बढेको बेला आफ्नो पार्टीमा गुटउपगुट नभएको थाहा पाएपछि जवरजस्त गुटको विकास गराउने खोजेको आरोप लगाउनु भएको छ ।वहाँले कुनै पनि नेता नत एमाले तिर न माओवादी केन्द्र तिर कतै नगएको दावि गर्दै नेपालमा क्रान्तिकारी र बैकल्पिक शक्तिका रुपमा विप्लव नेतृत्वको नेकपा रहेको समेत ठोकुवा समेत गर्नु भएको छ । मिडियाले प्रचार गरे जस्तो विप्लव नेकपामा नभएको बताइएको छ ।

अर्काे प्रसंगमा नेता रणविरले आफुहरुलाई एकतामा आउनका लागि बारम्बार आव्हान गर्दै आएको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पहिलो कुरा एमसिसिका बारेमा खुलस्त भएर पूर्ण रुपमा खारेज गर्नु पर्नेमा जोड दिदै असमान राष्ट्रघाति सम्झौताको विपक्षमा प्रचण्ड उभिन आग्रह गरेका छन ।

अगाडी थप्दै नेता रणविरले के प्रचण्डले संसदवादी खेल छोड्न सक्छन ? भन्ने प्रश्न गर्दै संसदवादी फोहोरी खेलबाट बाहिर आएमा एकता हुन सक्ने बताउनु भयो । त्यो एकता रणनैतिक एकताबाट अघि बढ्न सक्छ तर तत्काल पार्टी एकताको सम्भावना नभएको स्पष्ट पार्नु भएको छ ।

यदि संसदवादीले एमसिसि अगाडी बढाएपछि नेपालमा राष्ट्रिय मुक्ति युद्ध लड्नु पर्ने अवस्था आउने बताउदै नेपालमा सोही बहानामा युद्धको शुरुवात गराउन साम्राज्यवाद लागि परेको नेता रणविरको दावि रहेको छ । सिन्धुलि रामेछापको इन्चार्जसिप गर्दै आउनु भएका रणविर गृहजिल्ला भेटघाटका लागि आउनु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित