कालीकोट ।अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको नरहरिनाथ गाँउपालिका अध्यक्षमा अमर बहादुर सहकारी सहित १३ सदस्य कमिटी गठन भएको छ । बिहीबार सम्पन्न प्रथम अधिबेशनद्वारा नवनिर्बाचित पालिका उपाध्यक्षमा शंकर बटाला,लक्ष्मी खड्का(बुढा) सचिब लाल बुढा,सहसचिव रत्न बहादुर बिक,कोषाध्यक्ष लक्ष्मी सहकारी सहित १३ सदस्य रहेको बताइएको छ । उक्त सम्मेलनमा जिल्ला प्रतिनिधि अमर बहादुर बटाला,लक्ष्मण खड्का ,नरेश बिस्ट लगाएतको उपस्थितमा सम्मेलन भएको बताइएको छ । अहिले सम्म महाबै,शुभकालिका,पचालझरना लगाएतमा अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको सम्मेलन भएको बताइएको छ ।
Discussion about this post