आँखा सम्बन्धी नयाँ तथ्यग बाहिरियो,कति हुन्छ आंखाको लेन्स ?

7
SHARES
15
VIEWS

काठमाडौ ।मानिसको शरीरको महत्वपूर्ण अंग मध्ये आँखा हो। जुन आंखाको क्षमता ५ सय ७६ मेगाफिक्सल हुने गरेको बताइएको छ ।हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ।तीन वटा रंग मिलेको हुन्छ । आंंखा सम्बन्धि केही रोचक तथ्यहरु निम्नानुसार रहेको पाइएको छ । 
–     मानिसको ६५ प्रतिशत दिमाग आँखालाई सम्हाल्न प्रयोग हुन्छ।
–     हाम्रो आँखाले केवल ३ वटा रंग मात्रै देख्न सक्छ। यिनै रंगहरू मिलाएर मानिसले करोडौं रंग देख्छ।
–     मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो । त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेन्डमै फोकस गर्न सक्छ।
–     आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ। यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्र त्यो ठीक हुन्छ।
–    संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन्।

–    आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ।
–    मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन्।
–    मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ।
–    आँखाको औसत वजन ८ ग्राम हुन्छ।
–    हामीले सबैभन्दा धेरै कुरा आँखाको माध्यमबाटै सिक्छौं।

–    प्रकृतिमा यस्ता पनि रंग छन्, जुन मानव आँखाले देख्न सक्दैनन्।
–    नीलो आँखा हुने व्यक्तिले अन्यको दाँजोमा ज्यादा सफा देख्छन्। उनीहरू राति पनि अन्यले भन्दा राम्रो देख्न सक्छन्।
–    संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ।
–    मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ।
–    मानव आँखामा कोर्नियाँ नामक एउटा टिस्यु हुन्छ। जसमा रगतको सट्टा अक्सिजन बग्छ।
–    खासमा हामी आँखाले देख्दैनौं। यसले त बाहिरको कुरा मस्तिष्कमा पुर्‍याउने काम मात्रै गर्छ। मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं।

–    मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं।
–    एक सेकेन्डमा पाँचपटक आँखा झिम्क्याउन सकिन्छ।
–    शरीरका अन्य भागको भन्दा तेज मंसपेशी आँखामा हुन्छन्।
–    एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ।
–     डल्फिन माछा एउटा आँखा खुला राखेर सुत्छ।
(विभिन्न एजेन्सीको सहयोगमा अन्नपूर्ण पोस्ट दैनिक बाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित