पारा भेट्नरी एसोसिएसन केन्द्रिय उपाध्यक्षमा पाण्डे

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्ट एशोसिएशनको १०औं राष्ट्रिय महाधिवेशन बाट  कालीकोटका प्रकाश पाण्डे केन्द्रिय उपाध्यक्षमा सर्बसम्मत भएका छ्न । काठमाडौंमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशन बाट पशु अस्पताल तथा  पशु सेवा कार्यालय कालीकोटमा कार्यरत पाण्डेलाइ केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश संयाेजक पदमा सर्वसम्मत गराइएको बताइएको छ ।त्यस्तै गरी कर्नाली प्रदेश बाट उपमहासचिब कमल बहादुर बिक,सचिब  रमेश कुमार केसि लगाएत अन्य ६ जना  केन्द्रिय सदस्य रहेको बताइएको छ । एसोसिएसनले पशु प्राबिधिकलाई अग्रसर गराउनुका साथै तिनीहरुको हितमा काम गर्ने छाता संगठन हो  ।राम प्रसाद मेहत्ता अध्यक्ष रहेको केन्द्रिय समितिमा ११ जना उपाध्यक्ष सहित ५५ सदस्यीय केन्द्रिय कमिटी गठन भएको उपाध्यक्ष पाण्डेले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित