कालीकोट । बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य भरत बम “रणबिर”ले एकीकृत जनक्रान्ती मार्फत माओको अधुरो सपना पूरा गर्ने बताउनु भएको छ । नेकपा कालीकोटले आयोजना गरेको १ सय २९ माओ जयन्तिको अवसरमा बोल्दै नेता रणबिरले अहिलेको समाजवाद उन्मुख कार्यदिशा भनेको एकीकृत जनक्रान्ती मार्फत चिनियाँ मोडेल अनुसार मात्र संभावना भएको र सोही अनुसार आफ्नो पार्टीले मात्र पूरा गर्ने लक्ष्य लिएको दाबी गर्नु भयो । नेकपा कालीकोटका सेक्रेटरी रणदिपको अध्यक्षतामा भएको कार्यक्रममा नेता रणबिरको प्रमुख आतिथ्यता अर्का केन्द्रिय सदस्य कर्ण भण्डारी लगाएतको नेताहरुको उपस्थितिका साथै भएको कार्यक्रममा पचालझरना,सान्नी त्रीबेणी गाउँ पालिकाबाट समुदाय तथा कार्यक्रताहरुको उपस्थिति रहेको बताइएको छ ।आजै नरहरिनाथ गाउँ पालिकामा समेत माओ जयन्ती मनाइएको बताइएको छ ।
Discussion about this post