पचालझरनामा नमुना काम : एक सय महिलालाइ सीप बिकास तालिम

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले एक सय जना महिलालाइ सीप बिकास तालिम शुरु गरेको छ ।उपाध्यक्ष संग महिला रोजगार कार्यक्रम अन्तरगत पचालझरना गाउँ पालिकाको वडा नम्बर १ र ८ का एक सय महिलालाइ सीप बिकास तालिम शुरु गरिएको छ । शनिबार सिकुका ५० जना महिलालाइ सामाग्री सहित हस्तान्तरण गरिएको छ । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले उद्घाटन गर्दै सीप सिकेर ब्याबसायिक बन्नु पर्नेमा जोड दिनु भएको छ । उपाध्यक्ष न्यौपानेले वडा नम्बर एक र  ८ का महिलाले हाते बुनाइ बाट उत्पादन  गर्ने र अन्य वडामा बितरण गर्ने योजना रहेको बताउनु भएको छ । पचालझरा गाउँ पालिका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रको कर्नाली प्रदेश कमिटी सदस्य तारा न्यौपाने सहित वडा नम्बर १ का वडा अध्यक्ष रत्नलाल न्यौपाने,समाजसेवी समुदाय तथा महिलाहरुको सहभागिता रहेको बताइएको छ । गाउँ पालिकाको १५ लाख बजेटमा एक सय महिलालाइ तालिम दिन शुरु भएको हो ।पचालझरनाको ७ औं गाउँ सभाले गरेका निर्णयहरु कार्यन्वयन हुन शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित