सरकार हुनु त पचालझरनाको जस्तो हुनु- जेष्ठ नागरिक

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरनाका जेष्ठ नागरिकले सरकारको प्रशंसा गरेका छ्न ।जाडो छल्न घरमा आएर न्यानो कम्मल पाउँदा बुढाबुढी खुशी हुँदै सरकारलाई धन्यवाद दिएका छ्न । शनिबार  पचालझरना गाउँ पालिका सरकारले वडा नम्बर १ सिकुका जेष्ठ नागरिकलाई न्यानो कम्मल बितरण कार्यक्रममा जेष्ठ नागरिकले सो कुरा बताएका  हुन । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले सिकुमा रहेका १० जना जेष्ठ नागरिकलाइ न्यानो कम्मल बितरण गरिएको बताइएको छ ।पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले न्यानो कम्मल बितरण गर्नु भएको हो । न्यानो कम्मल बितरण कार्यक्रममा एक नम्बर वडा अध्यक्ष रत्नलाल न्यौपाने,समाजसेबी ,राजनैतिक दलका प्रतिनिधि उपस्थितिमा गरिएको थियो । पचालझरना गाउँ पालिका एक नम्बर वडाका जेष्ठ नागरिक देउराम ऐडीले पालिका सरकारले चिसोको समयमा बुढाबुढीलाई कम्मल दिएकोमा धन्यवाद दिनु भएको छ । त्यसै गरी जेष्ठ नागरिक हरिकला न्यौपानेले सरकार हुनु त पचालझरनाको जस्तो हुनु पर्छ भन्दै धन्यवाद दिइन । उनले अहिले सम्म बुढाबुढीको भत्ता बाहेक केही नपाएकाहरुका लागि जाडो छ्ल्न काइदाको काम भएको बताउदै स्थानीय सरकारको तारिफ मात्रै गरिनन कि आगामी दिनमा अन्य सुबिधा ल्याउन अनुरोध गरिन ।  पचालझरनाका सबै वडाका १० जनाका दरले ९० जना जेष्ठ नागरिकलाई न्यानो कम्मल बितरण शुरु गरिएको छ । यस अघि पचालझरनाको लाफा,राम्नाकोटका जेष्ठ नागरिकलाइ न्यानो कम्मल बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित