माओवादी जनयुद्धका“डाक्टर”

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्धमा आन्तरिक प्रशिक्षण हुने गथ्र्याे “अहिले हामीले जहाँ जे जेमा जिम्मेवारी छौं हाम्रो सत्ता आएपछि त्यहि ठाउँमा भुमिका निर्वाह गर्ने हो ।” तर अहिले त्यो हुने त कुरा धेरै पर गएको भएपनि जनयुद्धका समयमा स्वस्थ्यकर्मिको भुमिकामा रहेका कयौं स्वस्थ्यकर्मिले सोही अनुसारको जिम्मेवारी बहन गर्दै आएका छन ।

जनयुद्धका समयमा कालीकोट जिल्लाबाट करिब दुई दर्जन बढि स्वस्थ्यकर्मिहरु अहिले पनि स्वस्थ्य क्षेत्रमा क्रियासिल रहेका छन । उनि मध्येका एक हुन पचालझरना गाउँ पालिका ८ निवासि बिरेन्द्र शाही“विकास” । उनले जनयुद्धमा सहभागि भएर जनताका पक्षमा समाजसेवाको काम गर्ने इच्छाशक्तिका साथ २०५७ साल फागुन २७ गते “होल टाइमर” पूर्णकालिन भएको दुई महिना पछि पार्टीले स्वस्थ्य क्षेत्रको जिम्मेवारी दिएर तिन महिना तालिम गरेको स्मरण गर्दै लगातार स्वस्थ्य क्षेत्रमा सहभागि भएर विभिन्न मोर्चाका साथ ग्रामिण इलाकामा औषधिउपचारमा व्यस्त रहेर काम गरेको बताए ।

आफुले तालिम लिएर २५ भन्दा बढिलाई तालिम दिएर २०५८ सालमा जिल्लाको माल्कोटमा जनवादी मेडिकल संचालन गरेर स्वस्थ्य सेवा दिएकोमा आफुहरु जस्ता स्वस्थ्यकर्मि उत्पादन पछि मेहलमुडी, रास्कोट, धौलागोह, राम्नाकोटका साथै बाजुराको साप्पाटामा मेडिकलहरु संचालन गरेर काम जारी राखेको बताए । तत्कालिन समयमा औषधि ल्याउन १२÷१३ दिन लगाएर कैलालिको लम्कि,सुर्खेतको बडिचौर तथा डुंगेश्वरबाट भारी बोकाएर ल्याउन परेको बताउदै स्वस्थ्यकर्मि शाहीले बताए ।


अहिले जनयुद्धका स्वस्थ्यकर्मि सान्नित्रिवेणि ६ कि निशा संज्याल,अस्मित,रास्कोटका धन बहादुर फडेरा“धु्रव” लगाएतका आधा दर्जन बढि सरकारी सेवामा काम गर्न सफल भएका छन । त्यति मात्र नभई अधिकांस स्वस्थ्यकर्मिहरुले उमेर हदका कारण निजि क्लिनिक संचालन गरेर सेवा दिदै आएका छन । कालीकोट जिल्लाबाट स्वस्थ्यकर्मि भएर काम गरेकाहरुले व्यवहारिक रुपमा स्वस्थ्य सेवा अंगालेकोमा धेरैलाई आश्चर्यचकित तुल्याएको छ ।


उनले अगाडी भने आफुहरुले उत्पादन गरेका स्वस्थ्यकर्मिहरुले सैन्य फर्मेशनमा काम गरेका थिए भने आफुहरुले अछामको मंगलसैन,कालीकोटको पिलि लगाएतका ठाउँमा भएको भिडन्तमा सहभागि भएको बताए । सबै ठाउँमा तत्कालिन समयमा गाँउमा बुढापाकाहरुले माओवादीले दिएको औषधिको निकै महत्व हुन्थ्यो । औषधि निकै राम्रो भन्ने गरेका कयौं घटनाहरु आफुलाई ताजै भएको स्मरण गरेको बताउदै शाहीले आफुहरुले गरेको सेवाले अहिले पनि निरन्तर रुपमा जारी राखेको बताए ।

जनयुद्धमा स्वस्थ्यकर्मिको सेवामा निरन्तरता दिएको भएपनि शान्तिकालमा आफुहरुलाई निकै अफ्ठ्यारो परेको बताए । उनले भने युद्धकालमा जवरजस्त विकास गरेको भएपनि आधिकारिक रुपमा सरकारबाट मान्यता प्राप्त नभएपछि केही समयमा आफुहरुले सेवा दिन बन्द गरेको र पार्टीको सल्लाह अनुसार २०६३ सालमा जितेबजारमा सहकारी मेडिकल संचालन गर्दा पनि आधिकारिक प्रमाण नभएपछि नवलपरासि जिल्लामा गएर एकै पटक १२ जनाले थप समय अध्ययन गर्नुका साथै अन्य प्रक्रिया पुरा गरेर अहेवको प्रमाण पत्र प्राप्त गरेर औपचारिक रुपमा सेवा जारी राखेको बताएका छन ।


माओवादी जनयुद्धका समयमा निरन्तर भाषण गर्ने अवसर पाएर सामान्य मान्छेले पनि समाजमा आफ्ना भनाई राख्ने वातावारणको विकास भएको बताए । उनले भने अहिलेका नेताहरु पहिले नेता भएर पछि भाषण गर्ने गरेको बताउदै उहिले पहिले भाषणमा पूर्णता गराएर खारिएर नेता हुने वातावरण रहेको बताए ।


अहिले जनयुद्धका स्वस्थ्यकर्मि सान्नित्रिवेणि ६ कि निशा संज्याल,अस्मित,रास्कोटका धन बहादुर फडेरा“धुर्व”  लगाएतका आधा दर्जन बढि सरकारी सेवामा काम गर्न सफल भएका छन । त्यति मात्र नभई हंसराज न्यौपाने“अग्नि” लगाएतका  स्वस्थ्यकर्मिहरुले उमेर हदका कारण निजि क्लिनिक संचालन गरेर सेवा दिदै आएका छन । कालीकोट जिल्लाबाट स्वस्थ्यकर्मि भएर काम गरेकाहरुले व्यवहारिक रुपमा स्वस्थ्य सेवा अंगालेकोमा धेरैलाई आश्चर्यचकित तुल्याएको छ । त्यसै गरी घरमा पढलेख गर्न समय र अन्य पारिवारिक कारणले अध्ययनबाट टाढा भएकाहरुले जनयुद्धमा सहभागि हुंदा पठन पाठन गर्न पाएका छन भने उच्च शिक्षामा अहिले पनि दख्खल मानिदै आएका छन ।

जनयुद्धका पाटाहरु केही नराम्रा मान्ने गरेको विश्लेषण हुने गरेको भएपनि समाजमा गएर बोलचाल देखि अन्य काममा पनि उठेर भाषण गर्ने कलाको भने निकै विकास भएको छ ।

पलांता गाउँ पालिकाका एक स्थानियले भने माओवादी जनयुद्धका समयमा निरन्तर भाषण गर्ने अवसर पाएर सामान्य मान्छेले पनि समाजमा आफ्ना भनाई राख्ने वातावारणको विकास भएको बताए । उनले भने अहिलेका नेताहरु पहिले नेता भएर पछि भाषण गर्ने गरेको बताउदै उहिले पहिले भाषणमा पूर्णता गराएर खारिएर नेता हुने वातावरण रहेको बताए । समाजमा केही भन्न नसक्नेहरु पनि आफुलाई लागेको कुरा अनिवार्य रुपमा विरोध जनाउन माओवादीले शुरु गरेको स्थानियको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित