सुर्खेत । तत्कालीन स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक स्थापना गरिएको छ ।राजा वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर बुधबार वीरेन्द्रचोकमा पुन सालिक स्थापना गरिएको हो ।
सुर्खेतको वीरेन्द्रचोकमा ३४ वर्ष पहिले स्थापना गरिएको सालिक २०६२/६३ को आन्दोलनका समयमा राजाका विरुद्ध नारा लगाउदै आन्दोलनकारीले तोडफोड गरेका थिए।
गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरुले वीरेन्द्रको ७६ औं जन्मयन्तीका अवसरमा सालिक राखिएको हो । बिरेन्द्रलाइ उदारवादी राजाका रुपमा लिएकाले पिठादिस योगिहरुको पहलमा सालिक स्थापना गरिएको बताइएको छ ।
तत्कालीन राजा वीरेन्द्र २०३३ मा सुर्खेतको हालको बिच बजारमा वीरेन्द्र चोक नामकरण गरिएको थियो ।सो समयमा राजा बिरेन्द्र सुर्खेत आउनु भएको बताइएको छ ।
Discussion about this post