लामो समयपछिको वर्षाले कृषकहरुमा खुशियालि

7
SHARES
15
VIEWS

कालीकोट  ।  कर्नालि प्रदेशका उच्च हिमालि जिल्लामा वर्षा संगै आएको हिमापतले कृषकहरुमा खुशियालि छाएको छ । हिंउदमा लामो समय सम्म पानि नपरेर सुक्न लागेको हिंउदे वालिलाई राहत भएको कृषकहरुले बताएका छन । सान्नित्रिवेणिका कृषक पुल्ति संज्यालले पानि परेपछि लगाएको गहुं वालि उत्पादन हुने आशा गरेकी छन ।

कालीकोट जिल्लामा ६० प्रतिशत भुमि आकाशे पानिको भरमा रहेकाले हिंउदे वालिमा आकाशे पानिको भरमा खेति हुने गरेको कृषकहरुको भनाइ रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारदेखि मौसममा सुधार आउने अनुमान गरेको छ । बिहीबार बिहान देशभर आंशिक मौसम छ भने थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

गत आइतबारदेखि क्रमशः पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भयो भने त्यधिक चिसो बढ्दा जनजीवन समेत प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित