म एमाले कालीकोटको अध्यक्ष हुने निश्चित छ -दयाराम सिमखाडा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (एमाले)कालीकोटको आसन्न १० औं अधिबेशन नजिकिने क्रममा अध्यक्षका आकांक्षी बढ्ने क्रममा रास्कोट नगरपालिकाका दयाराम सिमखाडाले आफू जिल्ला अध्यक्षको दाबेदार मात्र नभई अध्यक्षमा निर्वाचित हुने ठोकुवा गर्नु भएको छ । आफुले अहिले नेता,कार्याक्रता,शिक्षक सबैको समर्थन  भएकाले अध्यक्ष हुनेमा ८५ प्रतिशत संभावना पक्का भएको बताउनु भएको छ । कर्नाली संचार संग कुरा गर्दै पार्टीमा समाजवाद उन्मुख ब्यबस्थाको शुरूवात र बहदलिय जनबादको बिकास गरेर समृद्धि ल्याउन आफुले कालीकोट जिल्ला अध्यक्ष भएपछी फरक धार बाट नेता कार्यक्रताको ब्यबस्थापन गर्ने बताउनु भएको छ । अहिले पार्टीलाई गोलमोटलले अघि बढाउन खोजेकाले आफुले उम्मेद्वारी दिन लागेक्ल बताउनु भएको छ । अहिले सम्म पार्टीको विभिन्न तहमा काम गरेको स्मरण गर्दै सिमखाडाले २०४६ साल देखि नेकपा माले हुँदै आउदा जिल्ला सचिवालय हुदै मदन भण्डारी फाउन्डेसन,विद्यार्थी कि इन्चार्जसीप,रास्कोट नगर इन्चार्जको जिम्मेवारी सफलता पुर्बक बहन गरेकाले दयाराम सिमखाडाको जिल्ला अध्यक्षमा खांचो रहेकोे महसुस सबैले गरेका छ्न । मलाइ सबैले साथ दिने छन मैले सामाजिक क्षेत्रमा फरक बिचारधारा भएका पार्टी संग सहकार्य सहमतिको वातावरण गरेर जिम्मेवारी पूरा गर्ने म मा क्षमता भएकै कारण आफुलाई शुभचिन्तकहरुले नेतृत्वमा पुग्ने आशा गरेको समेत बताउदै सिमखाडाले पार्टी नीति बिधिलाइ जनतामा हु बहु लागू गर्नेकाम गर्ने बताउदै नेकपा(एमाले) लाई जनताको पार्टी बनाउन बिभाजनको समयमा एकतामा ल्याउन बिशेष गरि एकीकृत समाजवादीमा आवद्ध कार्यक्रताहरुलाइ आकर्षण गरेर नेकपा एमालेलाइ बलियो पार्टी बनाउन लाग्ने बताउनु भएको छ । नेकपा एमाले कालीकोटमा जसि पाण्डे,रमेश शाही,तुलराज मल्ल लगाएत ५ जनाआकांक्षि रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित