राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया आजदेखि शुरु,निर्वाचनमा भाग दिन १२ दल दर्ता

7
SHARES
15
VIEWS

काठमाडौं। राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुँदैछ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि निर्वाचन प्रक्रिया आजदेखि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । यसैगरी निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् ।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ । आगामी फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित