रास्कोटमा मोबाइल पसलमा नगद सहित साढे तिन लाख सामान चोरी

7
SHARES
15
VIEWS

कालीकोट । शनिबार राति रास्कोट नगरपालिकाको आरसिपि बजारमा रहेको मोबाइल पसलमा चोरी भएको छ । पसलमा कोही नभएको अवस्थामा पसलको पछिल्लो भागबाट फोडेर सम्भब नभएपछि लगाइएको ताला फोडेर पसलमा रहेका मोबाइलहरु चोरी भएको बताइएको छ ।

पसल संचालक पर्वजित रोकायाको पसलको गल्लामा रहेको ६० हजार नगद, बनाउन दिएको ४ वटा रिएल मि मोवाइल, पसलमा रहेका ६ वटा नयाँ मोवाइल र साना १२ वटा र्वोड मोबाइल र एमपि थ्रि,घडि गरेर जम्मा साढे तिन लाख बराबरको सामान चोरी भएको बताए ।

सधै भरी बजारमा बस्दै आएका रोकाया शनिबारको दिनमा घरमा गएको समयमा चोरी भएको बताइएको छ । इलाका प्रहरी कार्यालयले पसलमा हराएको सामानको विवरण लिएको र चोरीको अनुसन्धान गर्ने बताइएको छ । इलाका प्रहरी कार्यालय रास्कोटका अनुसार राति १२ वजे सम्म बजारमा आफुहरुको गस्ति हुने गरेको बताउदै सो भन्दा पछि चोरी भएको हुन सक्ने बताएको छ । यस अघि रास्कोट बजारमा मोटरसाइकल देखि खुद्रा पसलमा चोरी भएको थियो । सो घटनामा संलग्न अहिले सम्म भेटिएका छैनन भने अहिलेको घटनामा संलग्न नै पहिले देखि चोरी गर्दै आएको हुन सक्ने स्थानियले बताएका छन ।

यस अघि रास्कोटका रविन्द्र न्यौपानेको पसलमा दुई पटक खुद्रामा चोरी भएको बताउदै चोरीमा संलग्नहरु पत्ता लागेको र एक जना भारत गएकाले अनुसन्धानमा कमि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित