कांग्रेस पुर्ब वडासचिबले पत्रकारलाई कुटे,दोषी माथी कार्बाही गर्न माग( बिज्ञप्ति सहित)

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिकामा नेपाली कांग्रेसका पुर्ब वडा सचिबले प्रेस सेन्टरमा आबद्ध पत्रकार माथी कुटपिट गरेका छ्न । शनिबार सांंझ महाबै गाउँ पालिका निवासी प्रेस सेन्टर नेपालका महाबै उपाध्यक्ष दिपक शाही र उनको पत्नी बेला शाही माथि नेपाली कांग्रेस महाबैका पुर्ब वडा सचिब केश शाहिले कुटपिट गरेका छ्न । पसलमा बसेको अवस्थामा एकाएक आएर माओवादी माथी अपशब्द बोलेको र प्रतिवाद गर्न खोज्दा कुटपिट गरेको पिडित शाहिले बताएका छ्न ।प्रेस सेन्टर महाबै गाउँ पालिका शाखाका अध्यक्ष सत्य रोकायाका अनुसार उपाध्यक्ष दिपक शाही माथी भएको आक्रमणको बिरोध गर्दै दोषी उपर कार्बाहिको माग गरेका छ्न ।त्यसै गरी प्रेस सेन्टर नेपाल कालीकोट शाखाले एक प्रेश बिज्ञप्ति जारी गर्दै संगठनको महाबै उपाध्यक्ष तथा तिला न्युज डट कममा कार्यरत दिपक शाही र उनको पत्नी माथी भएको आक्रमणको निन्दा गर्दै दोषी उपर कार्बाहिको माग गरिएको छ । संगठनका जिल्ला अध्यक्ष बिरेन्द्र आचार्य द्वारा हस्ताक्षरित बिज्ञप्तिमा दोषि उपर कार्बाही नभए आन्दोलन गर्ने चेतावनी दिएका छ्न ।
यस्तो छ ? प्रेस विज्ञप्ति
देशमा राजनैतिक सहमति सहकार्य मार्फत अघि बढेको परिपेक्ष्यमा ग्रामिण क्षेत्रमा एक पछि अर्काे बहाना बनाएर राजनैतिक पूर्वाग्राहीका आधारमा सामान्य राजनैतिक बहसका क्रममा कालीकोट जिल्लाको महाबै गाउँ पालिका वडा न.१ निवासि यस संगठनको महाबै गाउँ पालिकाको उपाध्यक्ष दिपक शाही र उनको पत्नि माथि नेपालि कांग्रेस महाबै गाउँपालिका वडा न.१का पुर्व वडा सचिव केशर शाहीले निर्घात कुटपिट गरेको घटना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।
तिला न्युज डटकमका कार्यरत पत्रकार दिपक शाही माथि राजनैतिक विषयलाई जोडेर प्रेस सेन्टर महाबैका उपाध्यक्ष रहेका शाही र वहाँको श्रीमति बेला शाही समेतलाई सांघातिक आक्रमण गर्ने केशर शाही र त्यस घटनामा संलग्न व्यक्तिलाई कानुनि कार्वाहीका लागि जोडदार अनुरोध गर्दछौं ।
विरेन्द्र आचार्य
अध्यक्ष
प्रेस सेन्टर नेपाल
कालीकोट शाखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित