कालीकोटका बुढा र रावतलाइ केन्द्रिय सदस्यमा लिन जनदबाब बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । भर्खरै सम्पन्न नेकपा( माओवादी केन्द्र) को आठौं रास्ट्रीय महाधिवेशनमा कालीकोटका तिन जना नेताहरु मात्र समाबेश भएपछि  दुई जनालाइ केन्द्रिय सदस्यमा मनोनित गर्न जनदबाब बढन थालेको छ ।

रास्ट्रीय सभाका पुर्ब सदस्य जीवन बुढा र संघिय सांसद दुर्ग बहादुर रावतलाइ केन्द्रमा लिन नेता तथा कार्यक्रताले दबाब दिन थालेका हुन । जनयुद्धको आधारभुमी कालीकोट बाट तीन जनालाइ मात्र केन्द्रिय सदस्यमा लिएको भन्दै नेकपा(माओवादी केन्द्र)तिलागुफा नगर कमिटी अध्यक्ष दिनेश चदाराले अनुरोध गर्नु भएको छ ।तिन जनालाई लिएको र थप दुई जनालाई लिनु पर्ने बताउनु भएको छ । अध्यक्ष चंदाराले नेकपा(माओवादी केन्द्र)कालीकोटमा समस्या आउने बताउदै केन्द्र पार्टीले विशेष ध्यान दिन आग्रह गुर्न भएको हो ।

त्यसै गरी नेकपा माओवादी केन्द्र कर्नाली प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले अन्य जिल्लाको तुलनामा कालीकोटमा तीन जनामा सिमित राख्न नहुने बताउदै आउदो केन्द्रिय समितिले अबस्यपनी दुर्ग रावत र जीवन बुढालाई समाबेश गर्नु पर्नेमा जोड दिनु भएको छ । दुबै जना नेताहरु कर्नालि प्रदेश कमिटिमा पनि नरहेको बताइएको छ ।

यस सम्बन्धमा सांसद दुर्ग रावतले अहिले समाबेशी पार्टी बनाउनु पर्ने भएकाले आफुहरु अटाउन नसकेको बताउदै केन्द्रले प्रतिनिधित्व गर्ने आशामा आफू रहेको बताउनु भयो । कालीकोट जिल्ला बाट महेन्द्र बहादुर शाही,बिष्णु बिक र यसोदा न्यौपानेलाई केन्द्रिय सदस्यमा लिएको थियो । कर्नालिका १० जिल्ला मध्ये जाजरकोटबाट सबै भन्दा बढी केन्द्रिय सदस्य रहेका छ्न भने त्यस पछि सल्यान र रुकुम पश्चिममा सहभागिता रहे पनि दैलेख र मुगुमा शून्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित