राप्रपाका ढकाल माओवादी केन्द्रमा,प्रचण्ड द्धारा स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समय नेकपा(माओवादी केन्द्र)मा प्रवेश गर्नेको लहर चलेको छ । राप्रपा कालीकोटमा एक पछि अर्काे गरेर पार्टीका नेता तथा कार्यक्रताहरु क्रमस अर्काे पार्टीमा प्रवेश गर्न थालेका छन । सोही क्रममा राप्रपा कालीकोटका जिल्ला कार्यसमिति सदस्य इन्द्र ढकाल माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

उनलाई नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले स्वागत गर्नु भएको छ । यस अघि राप्रपाका पुर्व अध्यक्ष ऐन बहादुर शाही सहितका दर्जनौ नेताहरु माओवादीमा प्रवेश गरेका थिए ।

त्यसै गरी राप्रपा कालीकोटका निर्वतमान अध्यक्ष लाल बहादुर मल्ल पनि एकिकृत समाजवादीमा प्रवेश गरेका छन । अहिले विशेष गरी कालीकोट जिल्लामा अन्य पार्टीबाट नेकपा(माओवादी केन्द्र)मा दुई हजार बढि नेता तथा कार्यक्रताहरु पार्टी प्रवेश गरेको नेकपा(माओवादी केन्द्र)कालीकोटले जनाएको छ ।

पचालझरना गाउँ पालिकामा नेपालि कांग्रेस कालीकोटका कोषाध्यक्ष भानुभक्त संज्याल सहित ६ सय बढि अन्य पार्टीका नेता तथा कार्यक्रताहरु माओवादीमा प्रवेश गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित