खार्दुका जेष्ठ नागरिकलाई पचालझरना द्वारा न्यानो कम्मल बितरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा जाडो बढ्न थालेपछी जेष्ठ नागरिकलाइ कम्मल बितरण गरेको छ ।

पचालझरना गाउँ पालिकाको खार्दुका १० जना जेष्ठ नागरिकलाइ न्यानो कम्मल बितरण गरिएको हो । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष गंग ऐडीको उपस्थितिमा कम्मल बितरण गरिएको हो ।

कम्मल पाएपछी जनताका कुराकानी सुन्ने मात्र नभइ दु:ख पीडा बुझ्ने काम गरेकोमा स्थानीय सरकारलाइ धन्यवाद दिएका छ्न । जेष्ठ नागरिकलाई पचालझरना गाउँ पालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले पालिका भरीका ९० जना जेष्ठ नागरिकलाइ कम्मल बितरण गरेको छ ।

जस अन्तरगत वडा नम्बर १,३,४,७,मा  कम्मल बितरण गरेको र अन्य वडामा बितरण शुरु भएको बताइएको छ । त्यसै गरी आजै वडा नम्बर ३ को खार्दुमा बिरबल स्मृति बाल बिकास केन्द्रको भवन समेत उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा उद्घाटन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित