कालीकोट ।नेपाल सरकारका शहरी बिकाश मन्त्री रामकुमारी झांक्री द्वारा कर्नाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा सुर्खेत सभाहल उद्घाटन गरिएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीवार सभाहल उद्घाटन गर्नुका साथै त्यसको स्वामित्व वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नु भएको छ ।कर्नाली प्रदेशको सबै भन्दा ठूलो सभाहल हो । पहिलो चरणमा ७८० जना अट्ने क्षमताको सभाहल र ५० जनादेखि १५० जना अट्ने तीन वटा बैठक कक्ष सहित सभालको निर्माण गरिएको हो। शहरी बिकाश मन्त्रालयको लगानीमा सम्पन्न भएको भवनको मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएका छन । सभाहलको घेरबार, पार्किङ, खानेपानी लगायतको व्यवस्था गरिएको छ । यस अघि उक्त भवनमा नेकपा( माओवादी केन्द्र)को प्रथम प्रदेश सम्मेलन भएको छ ।
Discussion about this post