नौ हजार वर्गमिटर क्षेत्रफलमा नर्सरी उद्योग (तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । वरिपोरी लहलहाउदो वालिनालिले हरियालि देखिने तर विचमा जंगल देख्दा जो कोहीलाइ अचम्म लाग्नु स्वभाविक हो । हरियालि नर्सरी स्थापना गरेर नमुना बनाउने उद्देश्यका साथ सात वर्ष अघि भारतबाट फलफुलका विरुवा ल्याएर शुरु गरेको नर्सरी अहिले सबैको लोभ लाग्दो भएको छ ।

आफुले बगैचा शुरु गर्दा छरछिमेकीलाई सल्लाह दिदा उल्टै बेकुफ ठानेकाहरुलाई अहिले चोटिलो जवाफ नर्सरीले आफै दिएको छ । जिल्ला सदरमुकाम स्थित खांडाचक्र नगरपालिकाको पिलिमा कृषक राज बहादुर मल्लले संचालन गरेको नर्सरी हो ।

भारतको सिम्ला लगाएतका ठाउंमा अधिकांस समय कृषि पेशामा विताउदै आएका राजबहादुरले त्यंहा देखेको फलफुल खेतिलाई पिलिमा सम्भावना देखेर शुरु गरेको बताउदै नर्सरी जोगाउनका लागि ठुलो दुख गरेर अहिले नमुना नर्सरी बनाउन सफल रहेकोमा खुशि व्यक्त गर्नु भएको छ । साना साना विरुवा रुपिडियाबाट डोकामा बोकेर ल्याउदा आफ्नै छरछिमेकीले गिज्याएको स्मरण गर्दै राज बहादर मल्लको परिवार भनिन विरुवा हुर्काउन नदिन गोरु बाख्रा लगाएर हैरान गरे चार पटक मुद्धा गरियो केही गरेपनि भएन अन्तमा नजिकको छिमेकीको बाख्राले विरुवा खाइदिए पछि नर्सरी बारीमा काटेर फालिदिनु भयो (श्रीमान राजबहादुर मल्ल) पछि छलफल गरेर नर्सरीमा केही नगर्ने सहमति पछि मात्र विरुवा हुर्कन पाएका हुन ।

अहिले २७ जातका फलफुल तथा अन्य विरुवाहरु रहेको उनको भनाई रहेको छ । युद्ध पर्यटकिय क्षेत्रले स्थापित पिलि बजारको तल र कालिका माविको विचमा रहेको नवदुर्गा नर्सरी उद्योगमा मल्लले अम्बा, अंगुर,अनार,ओखर, अमिलो, कागति, आरु,आंप र केरा लगाएतका रहेका छन भने अन्य विरुवाहरु तर्फ सल्लो,सिमल,खनायो,टिमुर,मेहल,अमला लगाएतको विरुवाहरु लगाइएको छ । अहिले पनि भारतबाट विरुवा ल्याएर लगाउने तयारीमा रहनु भएका मल्लले गएको वर्ष भाद्र महिनामा कालीकोट स्थित घरेलु तथा साना उद्योग शाखामा दर्ता गर्नु भएको हो ।

अहिले सम्म कुनै पनि निकायबाट सहयोग नलिई आफुले लाखौं लगानि गरेर हाल ४ हजार ५ सय वर्गमिटर क्षेक्रफलमा विरुवाहरु हुर्काएर ठुलो भएको र बांकी जमिनमा विरुवा लगाउन शुरु गर्नु भएको बताउनु भएको छ । एक छोरा भारतिय सेनामा जागिर खाएका मल्लले बुढेस कालमा नर्सरी व्यवस्थापन गरेर जिवकिो पार्जन गर्ने बताउनु भएको छ । हाल सम्म लगानि गरेर नर्सरीको व्यवस्थापन गरेका छौं अबका दिनमा राम्रो आम्दानि लिने समय आएको भनाई छ ।

खडेरीले वर्षेनि सताउने पिलिमा सिंचाईका लागि ।रातभर जाग्रम रहेर सानो पाईपको पानिबाट हुर्काउनु पर्ने बाध्यता हटेको छ । आफुलाई कुनै पनि निकायबाट सहयोग भएपनि अगाडी बढ्ने सोचमा रहेको मल्लको भनाई छ । श्रम गरेर लगाएको विरुवाले एक पटक अनिवार्य फल दिनेमा ढुक्क छु । म विना तालिममा शुरु गरेको नर्सरी अहिले तमाम अनुभवका साथ अगाडी बढेको छु । अरुको बारीमा अन्न फलेको देख्नेहरुलाई आजिवन नर्सरीबाट राम्रो आम्दानि लिने छु । पर्माकल्चर शैलिमा शुरु गरेको कृषि बन तथा बाताबरणले निकै महत्व बोकेको छ । बारिमा घुमेर रमाउने जोकोहीलाई लाग्न सक्छ की मल्ल बा ले कसरी शुरु गरेको होला नर्सरी ।


राजबहादुरका छोरा दिनेश मल्ल(भारतिय सेना) आफु सानो वाल्य अवस्थामा बुवाले शुरु गरेको देख्दा आफु पनि हौसिएर काम गर्थै कसरी कहांबाट के गरेर विरुवा लगाउनु भयो । आफुलाइ थाहा नभएको बताउदै वरिपोरी सबैको अन्न वालि हुन्छ हामीहरुको जंगल देख्दा अर्कै लागे पनि अहिले त्यसको महत्व बुझेको छु । जिवन भरीलाई हो भने विरुवा रोप थोरै समयको लागि हो भने धान रोप भन्ने भनाई जिवनमा भोगेको छु । यसले गर्दा बुवा(राजबहादुर)को दिर्घकालिन सोचका कारण यो व्यवसाय रोज्नु भएको हो । सबै घरपरिवारले साथ दिएकै कारण आज नर्सरी कस्को हो भन्ने अवस्था आएको छ । बुवाको नाम सबैले भन्ने बाताबरण आएको दिनेशको भनाई रहेको छ ।

पछिल्लो समयमा सदरमुकाम मान्म आसपासका क्षेत्रहरुमा तरकारी तथा फलफुल उत्पादनमा बृद्धि भएको छ भने सरकारले पनि सहयोगको हात बढाउदै आएपनि वास्तविक कृषकहरु सम्म पुग्न नसकेको कृषकहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित