नरहरिनाथ गाउँ पालिकामा माटो परिक्षण गर्न स्थानिय कृषकहरुको माग

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाका कृषकहरुले माटो परिक्षणको माग गरेका छन । हिमचुलि कृषि सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभामा आफुहरुलाई कृषि उत्पादनका लागि कुन ठाउँमा के हुन्छ र त्यसका लागि माटो परिक्षण गर्नु पर्ने बताएका छन । आफुहरुले उत्पादन गर्न खोजेको वालि नहुने भएपछि माटो परिक्षण गर्न अनुरोध गरेका हुन ।

नरहरिनाथ गाउँ पालिका वडा न.९ की अम्ति योगिले जोडदार माग गर्दै कृषकहरुले भने अनुसारको वालि उत्पादनमा जोड दिन माटो परिक्षणको लागि सहकारी संस्थालाई अनुरोध गर्नु भएको छ । सहकारी संस्थाका संरक्षक तथा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले स्थानिय सरकार संगको साझेदारीमा कृषकले भने अनुसारको विज्ञ सहितको उपस्थितिमा माटो परिक्षणका साथै कृषि उत्पादनमा जोड दिने बताउनु भएको छ । वहाँले अगाडी भन्नु भयो कृषि उत्पादनमा संस्थाले बजारीकरण गर्न विशेष पहल गर्ने समेत बताउनु भएको छ ।

सहकारी संस्थाका सदस्यहरुको जिवनमा बदलावट आउने गरी कार्यक्रम नल्याई संस्थामा अपनत्वको भावना हुन नसक्ने बताउनु भएको छ ।
संस्थाका अध्यक्ष काली बहादुर महताराले सहकारी संस्थामा आवद्ध महिला सदस्यहरुको कृषक समुह गठन गर्ने र सोही मार्फत कृषि उत्पादन र उत्पादित वस्तुको जिम्मा संस्थाले लिने बताउनु भएको छ ।

हिमचुलि कृषि सहकारी संस्था लि.ले गर्ने कार्यक्रममा आफुहरुको साथ रहने र संग संगै अघि बढ्ने बताउदै नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिरबहादुर विष्टले संस्थाले गरेको विकास र यसमा आवद्ध महिलाहरुको जिवनमा परिवर्तन हुने गरी कार्यक्रम ल्याउन आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित