कालीकोट । नरहरिनाथ गाउँ पालिका विगतको तुलनामा अहिले विकासको लहर बोकेको क्षेत्रका रुपमा चिनिदै आएको छ । यहाँको वेग्लै महत्व रहेको छ । यहाँ कृषि उत्पादनमा मकै प्रमुख वालि हो भने त्यसका साथै पशुपालन र बनजंगलबाट उत्पादित वस्तुको पनि त्यतिकै महत्व बोकेको पाइन्छ । नरहरिनाथ गाउँ पालिकाले यस सम्भावनालाई केन्द्रमा राखेर विभिन्न काम गर्दै आएको छ । अर्गानिक भोजन,दुध दहि मोहीका लागि निकै अघि रहेको छ ।
यस क्षेत्रमा विकास गर्न कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने जानकारहरुको भनाई रहेको छ ।
दुरदर्शि नेतृत्व र पछिल्लो विकासको लहरले धिरबहादुर विष्टको क्षमताको कदर गर्नेहरुको कमि छैन । नरहरिनाथ गाउँ पालिकामा पुगेका रास्कोट नगरपालिकाका प्रमुख तथा नेकपा(माओवादी केन्द्र)केन्द्रिय लेखा आयोगका सदस्य काशिचन्द्र बराललाई नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्टले स्वागत सम्मान व्यापक मात्रमा गरेका छन ।
यातायातका साधनको अभावमा लालिघाटको तिन घण्टको पर्खाइका साथ लालिघाट देखि चौथिकोट सम्म जिपमा सवार हुंदै हिउदे झरीमा हिलाम्य सडकमा लटपटिदै नरहरिनाथ गाउँ पालिकाको केन्द्र कुमालगाउँमा अवेर पुगेर थकाई मार्दै स्थानिय संगको भलाकुसारीमा मस्त रहेका नगरप्रमुख बरालले भोलि पल्ट शुरुवातमा अर्गानिक भोजन संगै जनप्रतिनिधि तथा अन्य सरकोकारवाला निकायहरु संगको भेटघाट तिव्र पार्दै दिउसोको हिमचुलि कृषि सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन समेत गर्नु भएको बताइएको छ ।
सो समय अघि नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिरब बहादुर विष्टले प्रमुख बराललाई कार्यकक्षमा बोलाएर सम्मान गरेका छन भने रात्रिभोजको समेत व्यवस्था गर्दै अध्यक्ष विष्टले विदाई समेत गरेका हुन । स्थानिय सरकार संचालनमा सबै भन्दा अघि रहेका बरालको साथ लिन पछि नपर्ने अध्यक्ष विष्टले रास्कोट नगरपालिकाले गरेका अनुभवनको सांटा सांट समेत गरेका छन ।
हिमचुलि कृषि सहकारी संस्था लि.को वार्षिक साधारण सभाको कार्यक्रमको सिल सिलामा पुगेका बरालले महिलाहरुले कृषि क्षेत्रमा गरेका कामका अनुभव तथा आवश्यक पर्ने प्राविधिक सहयोगको माग गरिरहेका समयमा नगर प्रमुख बरालले सहकारी र स्थानिय सरकार विच सहकार्य मार्फत कृषिमा जिवन बदलावट गर्ने गरी कार्यक्रम ल्याउने आश्वासन समेत दिएका छन । कार्यक्रम पछि फर्किने क्रममा प्रमुख बरालले लामो समयमा काम जारी रहेको कालीकोट जिल्लाको सुनथरालि विमानस्थलको स्थलगत निरिक्षण गर्दै अब निकट भविष्यमा विमानस्थल संचालन हुने र यसबाट फाइदा लिन नरहरिनाथ गाउँ पालिकाबासिलाई अनुरोध गर्नु भएको छ ।
त्यसै विमानस्थल वरीपोरीको घेरबार संगै ओरखेतिको संभावना भएको बताउनु भएको छ । घेरबारको जिम्मा लिएका ठेकेदार मथुरा जैसीलाई ओखर खेति गर्न पहल समेत गर्न अनुरोध गरिएको छ ।
पछिल्लो समयका सुनथरालि विमानस्थलको काम तिव्रगतिमा अघि बढेको बताउदै केही समय पछि केवुलकार समेत बन्ने भएकाले पर्यटकिय क्षेत्रको नमुना गाउँ कोटबाडा हुने दावि समेत गर्नु भएका नगर प्रमुख बरालले विमानस्थल वरपरका क्षेत्र र त्यस भित्र रहेका घरहरु तालिम केन्द्र र सेल्टर समेत भएकाले जर्गेना गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।
जनयुद्धको त्याग तपस्या र रक्ताम्य भुमि भएकाले भविष्यका सन्ततिले स्मरण गर्ने गरी नमुना काम गर्नु पर्नेमा जोड समेत दिनु भएको छ ।
त्यसै गरी कर्नालि करिडोरको मुख्य प्रवेश द्धार खुलालु पुल जहाँ सुनथरालि र रामारोशन जाने प्रवेश मार्ग पनि हो । उक्त खुलालु पुलको समेत अनुगमन गर्नु भएको छ ।
निर्वाचनको समय नजिकै जाने क्रममा प्रदेश सांसदको आकांक्षिका रुपमा चर्चामा आउन थालेका रास्कोट नगरपालिकाका प्रमुख बरालले खुलालु पुलको शुभारम्भ संगै ५ वटा स्थानिय तहमा विकासको गतिमा तिव्रता आउने समेत बताउनु भएको छ । सामरिक महत्वको यस क्षेत्रमा जनयुद्धको आधार इलाका हुनुका नाताले पनि नमुनाका रुपमा स्थापित गर्न सबै नेताहरुको लगनशिलता जरुरी हुनेमा जोड दिनु भएको छ ।
Discussion about this post