कालीकोट । जिल्लामा विभिन्न पार्टीका भेला सम्मेलन संगै कोरोना महामारीको संख्या बढ्न थालेका छ ।
पछिल्लो २४ घण्टामा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ । शुक्रवार विहान ११ जनामा गरिएको एन्टिजेन परिक्षणमा ७ जनामा पोजिटिभ देखिएको बताइएको छ ।
जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार विहबार मात्र जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले उच्च सतर्कता निणर्य भएको बताउदै सबै स्थानिय तह तथा निकायलाई अनुरोध गर्नु भएको छ । पछिल्लो समयमा १३ जना संक्रमित मध्ये ६ जना महिला र ७ जना पुरुष रहेको जनस्वस्थ्य अधिकृत महतले बताउनु भएको छ ।
विगतको तुलनामा तेस्रो चरणको कोरोनाको लहर भयावह भएको महतले बताउनु भएको छ ।
Discussion about this post