कोरोना नियन्त्रण गर्न नेपाल असफल: ह्युमन राइट्स वाचको प्रतिवेदन सार्वजनिक

7
SHARES
15
VIEWS

काठमाडौं। कोरोना महामारीका सन्दर्भमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले सार्वजनिक गरेको प्रतिेवदनमा नेपाल असफल भएको उल्लेख गरेको छ ।मानव अधिकारको विश्वव्यापी अवस्थाका बारेमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकार संवेदनशील र क्षमतामा वेवास्ता गरेर कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको उल्लेख गरेको छ ।

दोस्रो लहर उच्च बिन्दुमा पुगेका बेला (२०७७ को वैशाख–जेठमा) स्वास्थ्य अधिकारीहरूले भनेका कुरा उद्धृत गर्दै प्रतिवेदनमा अगाडि भनिएको छ । बिरामीहरू अक्सिजन सिलिन्डरको अभावमा मरिरहेका थिए, सरकार त्यस्तो महामारीको पूर्वतयारी गर्न असफल भएको थियो । खोप अभावले अवस्था अझ खराब भएको थियो ।

उक्त प्रतिवेदनमा कोरोना संक्रमितको संख्या बढेपनि मृत्युको मुखमा आउदा सम्म ज्यान बचाउन सकिने उल्लेख गर्दै वाचले संवेदनशिल हुन अनुरोध गरेको छ ।

खोप खरिदमा अनियमितता भएका विवरण सार्वजनिक भए, भ्रष्टाचारले गर्दा खोप खरिद प्रक्रिया अझ ढिला हुन पुग्यो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाको दोस्रो लहरमा मात्र ६ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित