सहकारी सुचना प्रणाली ब्यबस्थापनमा एकरुपता ल्याइदै

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नाली प्रदेशका सहकारी संस्थाहरुको सूचना प्रणालीलाई एक रुपतामा ल्याउन सुर्खेतमा सुचना ब्यबस्थापन तालिम सम्पन्न भएको छ । भुमी ब्यबस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतको आयोजनामा शुरु भएको तालिममा कालीकोट,सुर्खेत,जुम्ला लगाएतका जिल्लाका सहकारी संस्थाका ब्यबस्थापकहरुको सहभागितामा भएको तालिमम ५ दिन सम्म संचालन भएको थियो । उक्त तालिममा सहकारीका आधारभूत सिद्धान्त,कर सम्बन्धि ब्यबस्थाका साथै सहकारी सुचना प्रणाली ब्यबस्थापन ( कोपोमिस) सम्बन्धि तालिम संचालन भएको हिमचुली कृषि सहकारी संस्था लि कालीकोटका सहायक ब्यबस्थापक सिहं बहादुर शाहिले बताउनु भएको छ । यस तालिमले सहकारी बिभाग तथा अन्य निकायमा प्रगती प्रतिबेदन र सम्पुर्ण विवरणको बारेमा छिटोछरितो  गर्न तालिमको आयोजना गरेको सहकारी रजिस्ट्रार खेमराज आचार्यले बताउनु भएको छ । वहाँका अनुसार सहकारी संस्थाले कोपोमिसका बारेमा सिकेका कुरा व्यबहारमा तत्काल लिन  अनुरोध गर्नु भएको छ । सहकारी संस्थाहरुलाई ब्यबस्थापन गर्न रजिस्ट्रारको कार्यालयले जुनसुकै कसुर बांकी नराख्ने रजिस्ट्रार आचार्यको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित