कालीकोटमा अनिश्चितकालिन “लक डाउन”

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीको तेस्रो लहर शुरु भए संगै कालीकोटमा संक्रमितको संख्या बढ्न थाले पछि अनिश्चितकालिन “लक डाउन” निशेधाज्ञ जारी गरिएको छ । कालीकोटमा कोभिड १९ संकट ब्यबस्थापन  समितिको बिहीबार बसेको बैठकले शुक्रबार राती १२ बजे देखि अर्को सुचना नभए सम्मका लागि निशेधाज्ञ गरिएको बताइएको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा द्वारा हस्ताक्षर गरिको आदेशमा जनाइएको छ । उक्त निशेधाज्ञ होटेल रेस्टुरेन्ट, सेमिनार,गोष्ठी लगाएतका कार्यक्रममा प्रवेश गर्दा खोप कार्डको अनिवार्य प्रयोग गर्ने, आमसभा तथा भेला तथा महोत्सवहरु नगर्ने,माघ ७ गते देखि खोप कार्ड अनिवार्य भएको हुनु पर्ने,सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने जस्ता मापदण्ड जारी गरिएको जिल्ला प्रशासन कार्यलय कालीकोटले सुचनामा उल्लेख गरेको छ ।व्यापार ब्यबसायका लागि भने निशेधाज्ञमा उल्लेख गरिएको छैन । कोभिड १९ संकट ब्यबस्थापन समितिले जिल्लाभर कोरोना महामारीका लागि उच्च सतर्कता अपनाउन निर्देशन समेत गरेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । कालीकोटमा पछिल्लो समय शुक्रवार सम्म १३ जना संक्रमित रहेको समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित